सोमबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट

काठमाडाैं, २६ माघ

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५ पुगेको छ। गत २४ घण्टामा १ सय ३० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ७ सय ४४ जना सक्रिय संक्रमित छन्।

प्रदेश १ को खोटाङमा १ र सुनसरीमा २ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को पर्सा र सर्लाहीमा १÷१ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ४५ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १, चितवनमा ११, दोलखामा १, भक्तपुरमा २ र ललितपुरमा ११ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १८, गोरखामा १, तनहुँमा १, नवलपरासी पूर्वमा ३ र स्याङजामा १ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको गुल्मीमा १, दाङमा १, पाल्पामा १, बर्दियामा १, बाँकेमा १२, रुकुम पूर्वमा १, रुपन्देहीमा ५ र रोल्पामा १ जनामा कोरोना पाइएको छ।

गत २४ घण्टामा कर्णाली प्रदेशको सुर्खेत र कञ्चनपुरमा १÷१ जनामा कोरोना भेटिएको छ। सुदूरपश्चिम प्रदेशको कैलालीमा १, डोटीमा १, बाजुरामा १ र बैतडीमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *