सूर्य ज्योति लाइफ इन्स्योरेन्सले गरे मृत्यु दावी भुक्तानी

न्यूज अपडेट संवाददाता भक्तपुर, १७ जेठ भक्तपुर देकोचास्थित सुवोध श्रेष्ठलाई सूर्य ज्योति लाइफ इन्स्योरेन्सले जेठ ११ गते शुक्रबार कम्पनीका साविक सूर्यविनायक शाखा हाल चापागाउँ शाखा प्रमुख नन्द कुमार दथेपुथेबाट मृत्यु दावी रकम भुक्तानी गरेको छ । मृतक सुवोध श्रेष्ठकै घर पुगी निजका इच्छाएको व्यक्ति श्रीमती नाता पर्ने सावित्री श्रेष्ठलाई मृतकको भिनाजु नाता पर्ने रामभक्त श्रेष्ठको […]

Continue Reading

भक्तपुर बचतमा अभिमुखीकरण तथा स्वास्थ्य शिविर

न्यूज अपडेट संवाददाता भक्तपुर, १६ जेठ भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को स्वास्थ्य उपसमितिको आयोजनामा मृगौला रोगसम्बन्धी अभिमुखीकरण तथा निःशुल्क स्वास्थ्य शिविर शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपन केन्द्रको प्राविधिक सहयोगमा बुधबार संस्थाको भवनमा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका उपाध्यक्ष लक्ष्मी प्रसाद कुसीले भक्तपुर बचत तथा ऋण सहकारी संस्था आर्थिक संस्था भए पनि सामाजिक जिम्मेवारी […]

Continue Reading

लगानी दशक घोषणाकै वर्ष कृषि बजेट घटे, नयाँलाई प्राथमिकता

न्यूज अपडेट संवाददाता काठमाडाैं, १६ जेठ सरकारले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ देखि १० वर्षलाई ‘कृषिमा लगानी दशक’ घोषणा गरेको छ । आव २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले लगानी दशक घोषणा गरे पनि कृषि मन्त्रालयको बजेट भने घटेर आएको छ । चालु आवभन्दा १ अर्ब ६९ करोड घटेर ५७ अर्ब २९ करोडमात्र […]

Continue Reading

तराईमा अत्यधिक गर्मी, ३ दिनसम्म तातो हावाको लहर चल्ने

न्यूज अपडेट संवाददाता काठमाडाैं, १६ जेठ तराईका जिल्लाहरुमा अत्यधिक गर्मी बढेको छ । यो क्रम आगामी तीन दिनसम्म जारी रहने मौसमविदले बताएका छन् । मौसमविद बिनु महर्जनका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा बढी गर्मी हुने छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तुलनामा मधेश प्रदेशमा अली कम गर्मीको सम्भावना छ । कोशी प्रदेशका तराई भूभागमा झनै […]

Continue Reading

वागीश्वरी कलेजका स्नातक चौथो वर्षको सामूदायिक लघु परियोजना कार्यको अन्तरक्रिया

न्यूज अपडेट संवाददाता भक्तपुर, १३ जेठ वागीश्वरी कलेज मानविकी सङ्काय स्नातक चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुको अनिवार्य प्रयोगात्मक सामुदायिक लघु परियोजना कार्यको अन्तरक्रिया कार्यक्रम कलेजकै सभाकक्षमा आइतबार सम्पन्न भएको छ । कार्यक्रममा मानविकी सङ्कायका प्रमुख एवं कार्यक्रमका सभापति राजन फेलूले सामुदायिक कलेजका विद्यार्थीहरु समुदायमै गएर अध्ययन गरेर समुदायकै आवश्यकता बमोजिम विभिन्न ९ वडा समूहले गरेको परियोजनाकार्यको […]

Continue Reading

दुईदिने सञ्चालक क्षमता अभिवृद्धि तालिम सम्पन्न

सानो गल्तीले ठूलो समस्या आउन सक्ने चुनाैतीबाट सचेत हुन जाेड न्यूज अपडेट संवाददाता भक्तपुर, १३ जेठ भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा भएको दुईदिने सञ्चालक क्षमता अभिवृद्धि तालिम शनिबार सम्पन्न भएको छ । तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि एवं संस्थाका पूर्व अध्यक्ष रत्न प्रसाद प्रजापतिले विगतका वर्षहरुमा पनि संस्थालाई संस्थागत रुपमा विकास गर्न […]

Continue Reading

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

न्यूज अपडेट संवाददाता काठमाडाैं, ९ जेठ कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । सिरोहियालाई नागरिकता कीर्ते आरोपमा प्रहरीले पक्राउ गरेको हो ।सिरोहियालाई थप अनुसन्धानका लागि धनुषा पठाइएको प्रहरीले जनाएको छ । उनी कान्तिपुरको कार्यालयबाटै पक्राउ परेका थिए । नागरिकता कीर्ते आरोपमा धनुषा प्रहरीमा सिरोहियाविरूद्ध उजुरी परेको थियो । एसएसपी सानुराम भट्टराईको नेतृत्वमा […]

Continue Reading

मन्त्रीहरूकै करोड बढी बचत सहकारीमा

न्यूज अपडेट संवाददाता काठमाडाैं, ९ जेठ बायाँबाट क्रमशः मन्त्रीहरू बलराम अधिकारी, रेखा शर्मा, डोलप्रसाद अर्याल र विराजभक्त श्रेष्ठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वका मन्त्रीहरूले नै सहकारी संस्थामार्फत करोडभन्दा बढी वित्तीय कारोबार गरिरहेका छन् । मंगलबार सार्वजनिक सम्पत्ति विवरणमा सरकारका मन्त्रीहरूले नै सहकारी संस्थामार्फत करोडभन्दा बढी वित्तीय कारोबार गरिरहेको तथ्य बाहिरिएको हो । भूमि व्यवस्था […]

Continue Reading

जनताको बचत बम्जनले ठाने बपौती : गोर्खा सहकारीको साढे ४ अर्ब हिनामिना

न्यूज अपडेट संवाददाता काठमाडाैं, ९ जेठ तत्कालीन गोर्खा डेभलमेन्ट बैंक घोटाला प्रकरण र त्यसमा जोडिएका प्रमुख पात्र हुन् डम्बरबहादुर (डीबी) बम्जन । उनै बम्जन परिवारले रकम अपचलन गर्दा ललितपुर सातदोबाटोस्थित गोर्खा सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ संकटग्रस्त अवस्थामा पुगेको छ । बचतकर्ताबाट उठाएको करिब साढे ४ अर्बमा डीबी बम्जनको परिवार र अन्य केही व्यक्तिले हालीमुहाली गर्दा […]

Continue Reading

एमबीबीएस कार्यक्रम सुरु गर्न संयुक्त रुपमा पाठ्यक्रम तयार पार्दै ६ वटा सरकारी प्रतिष्ठान

न्यूज अपडेट संवाददाता काठमाडाैं, ७ जेठ सरकारका विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु आगामी शैक्षिक सत्रदेखि नै चिकित्सा शिक्षा अन्तर्गत स्नातक तहको एमबीबीएस कार्यक्रम सुरु गर्न पाठ्यक्रम तयारीमा जुटेका छन्। ६ वटा प्रतिष्ठानले तीन दिनसम्म विज्ञहरुसँग बसेर छलफल गर्दै पाठ्यक्रमका लागि पहिलो चरणमा साझा ढाँचा (फ्रेमवर्क) तयार पारेका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), राप्ती […]

Continue Reading