भारतमा कोरोनाको ओमिक्रोन सब–भेरियन्ट तीन जनामा फेला

अन्तर्राष्ट्रिय समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

एजेन्सी, ६ पुस

भारतमा कोरोना भाइरसको ओमिक्रोन सब–भेरियन्ट बीएफ– ७ फेला परेको छ। भारतमा तीन जनामा उक्त भेरियन्ट फेला परेको बीबीसीले जनाएको छ।

पछिल्लो समय चीनमा कोरोना संक्रमितहरुको संख्यामा वृद्धि भइरहेको छ। चीनमा संक्रमित बढेसँगै भारतले परीक्षण बढाएको थियो। बीएफ– ७ को पहिलो संक्रमित अक्टुबरमा गुजरातको बायोटेक्नोलोजी रिसर्च सेन्दरमा पत्ता लागेको हो। गुजरातको स्वास्थ्य विभागका अनुसार जसमा यो संक्रमणको पाइएको छ उनीहरुको अवस्था सामान्य रहेको छ।

बुधबार स्वास्थ्यमन्त्री मनसुख मान्डवियाले वैठक बोलाएका थिए। उक्त वैठकमा विज्ञहरुले कोरोना संक्रमण भारतमा नबढेको तर सतर्कता अपनाउन जरुरी रहेको सुझाब दिएका छन्। उनीहरुले नयाँ भेरियन्टप्रति नजर राख्न र त्यसलाई ट्रयाक गर्न आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *