एमबीबीएस, बीडीएस, नर्सिङ लगायतका विषयको शुल्क वृद्धि (कुन विषयको कति?)

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, १८ जेठ
सरकारले चिकित्सा शिक्षा तर्फ स्नातक तहका विभिन्न विषयको शुल्क बढाउने निर्णय गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार बसेको चिकित्सा शिक्षा आयोगको नवौं बैठकले शुल्क बढाउने निर्णय गरेको हो।

आयोगका एक सदस्यका अनुसार स्नातक तहका सबै विषयमा लागि ३.६ प्रतिशतले शुल्क वृद्धि गर्ने निर्णय भएको छ। बैठकमा पछिल्लो ४ वर्षयता शुल्क नबढेको र योबीचमा मूल्य वृद्धि तथा कर्मचारीहरुको तलब समेत बढेको भन्दै शुल्क बढाउन सुझाव आएको थियो। छलफलमा शुल्कलाई १५ प्रतिशत बढाउन प्रस्ताव गरिएको थियो। सबैसँगको छलफलमा ३.६ प्रतिशत बढाउन उचित हुने सुझाव आएपछि त्यही अनुसार निर्णय भएको ती सदस्यले जानकारी दिए।

कुन विषयको शुल्क कति?
बैठकको उक्त निर्णयसँगै आयोगले विषयगत आधारमा नयाँ शुल्क सार्वजनिक गर्ने जनाएको छ।

बैठकको निर्णय अबको शैक्षिक सत्रमा एमबीबीएसको शुल्क उपत्यकाभित्र ४१ लाख ६८ हजार ८७ रुपैयाँ पुगेको छ। उपत्याकाबाहिर ४५ लाख ९५ हजार ७२१ पुगेको छ।

बीडीएसको शुल्क २० लाख ९२ हजार २८४ पुगेको छ।

बीएससी नर्सिङको १० लाख ३६ हजार रुपैयाँ, बीएएमएसको ११ लाख ३१ हजार ९३३, बीएनएस एन्ड पीबीएनको ५ लाख १८ हजार, बीपीटी/बीएससी एमएलटी/ बीएससी एमआईटी/बीएससी मेडिकल माईक्रोबायोलोजी/बायोकेमेस्ट्रीको ७ लाख ७७ हजार, बी फार्मा/बीपीएच/बीओपीटीएम/बीएएसएलएपीको ७ लाख ७७ हजार पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *