नगर प्रमुख प्रजापतिसँग केयुकेएलका प्रमुख शाक्यको भेट

भक्तपुर, १० जेठ अबको २–३ दिनभित्रै मेलम्चीको पानी भक्तपुरमा वितरण हुने भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख मिलनकुमार शाक्यले सोमबार भेट गर्दै मेलम्चीको पानी अबको २–३ दिनभित्रै वितरण गरिने गराए । भेटमा नगर प्रमुख प्रजापतिले भक्तपुरमा पानीको सहज वितरणलाई प्राथमिकतामा राख्दै आएको बताउदै खानेपानीको समस्या समाधान छिटै गर्नु […]

Continue Reading

प्रदेशसभा सदस्य गोसाईद्वारा वागीश्वरी कलेजको निर्माणाधीन भवनको अवलोकन

न्यूज अपडेट भक्तपुर, १० जेठ बाग्मती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले सोमबार वागीश्वरी कलेजको निर्माणाधीन भवनको अवलोकन गरेको छ । उक्त भवन निर्माण कार्य भक्तपुर नगरपालिकाको आ.व. २०७८/७९ को लागि बाग्मती प्रदेश सरकार, माननीय प्रदेशसभा सदस्य श्री सुरेन्द्रराज गोसाईंज्यूको ‘प्रदेश पूर्वाधार किवास साझेदारी कार्यक्रम–२०७८’ अन्तर्गतको शिक्षा बजेट शीर्षकबाट व्यहोर्ने गरी लगत इस्टिमेट रु. ४९ लाख ३० […]

Continue Reading

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मंगलवार

न्यूज अपडेट संवाददाता काठमाडाैं, ९ जेठ आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुहुने कार्यक्रम तय भएको छ । गठबन्धन सरकारको तर्फबाट आर्थिक विकास, कोरोनापछिको पुनरुत्थान, ऊर्जा क्षेत्रको दीर्घकालीन विकास तथा कृषि, रोजगारीको विस्तार एवं अन्य आर्थिक सामाजिक उन्नयनका कार्यक्रम समावेश गरिएको नीति तथा कार्यक्रमप्रति […]

Continue Reading

भारतले गरे गहुँ निकासीमा प्रतिबन्ध, नेपालमा प्रत्यक्ष प्रभाव पर्ने

न्यूज अपडेट संवाददाता विराटनगर, ९ जेठ भारतले गत साता गहुँको निकासीमा प्रतिबन्ध लगाएपछि यहाँ सञ्चालित ६ मैदा मिल र गहुँजन्य कच्चा पदार्थमा आधारित दर्जनौं उद्योगको उत्पादन प्रभावित हुने भएको छ । स्थानीय गहुँ बजारमा आएकाले अहिले नै समस्या नदेखिए पनि ३ महीनापछि समस्या शुरू हुने उद्योगीहरूले बताएका छन् । स्थानीय उत्पादनले लामो समय नधान्ने भएकाले […]

Continue Reading

मंकीपक्स संक्रमणबारे सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयकाे आग्रह

न्यूज अपडेट संवाददाता काठमाडाैं, ९ जेठ सरकारले मंकीपक्सको संक्रमण फैलिन सक्ने भन्दै विशेष सावधानी अपनाउन आम नागरिकहरुलाई आग्रह गरेको छ । अहिले विश्वमा मंकीपक्सको संक्रमण फैलिरहेकोले नेपालमा पनि सम्भावित खतरा हुन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसतर्फ सचेत रहेर स्वास्थ्य शतर्कता अपनाउन आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मंकीपक्सको संक्रमणबाट बच्न […]

Continue Reading

अमेरिकी इन्डो प्यासिफिक रणनीति अवश्य विफल हुनेः वाङ यी

न्यूज अपडेट संवाददाता एजेन्सी, ९ जेठ चीनका परराष्ट्रमन्त्री वाङ यीले पाकिस्तानका विदेशमन्त्री बिलाभाल भुट्टो जार्दारीसँग भेट–वार्ता गर्नुभएको छ । वार्तापछि वाङ यीले पत्रकारसँग तथाकथित इन्डो प्यासिफिक रणनीतिबारे कुराकानी गर्दै अमेरिकाको इन्डो प्यासिफिक रणनीतिबाट अन्तर्राष्ट्रिय समूह विशेषगरी एसिया तथा प्रशान्त क्षेत्रको सतर्कता र चिन्ता लागेको विचार व्यक्त गर्नुभयो । उक्त रणनीतिले एसिया तथा प्रशान्तको नाम हटाउनुका […]

Continue Reading

इन्धनको मूल्यमा भारी वृद्धि, एक सिलिन्डर ग्यासको मूल्य १८ सय

न्यूज अपडेट संवाददाता काठमाडाैं, ९ जेठ निर्वाचन नसकिदै सरकारले दुई पटक इन्धनको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमले आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टिलेमा प्रतिलिटर १० रुपैयाँ बृद्धि गरिएको छ । अब एक लिटर प्रेट्रोलको १८० रुपैयाँ, र मटिट्तेल र डिजेलको १६३ रुपैयाँ भएको छ । खाना पकाउने एलपी ग्यासको […]

Continue Reading

स्वास्थ्य बीमामा सूचीकृत स्वास्थ्य संस्थाले सुविधा नदिए के गर्ने?

वशिष्ठ तिवारी काठमाडाैं, ९ जेठ प्राचिन कालदेखि हाम्रा पूर्वज तथा ऋषि र महाऋषीहरुले मानव स्वास्थ्यलाई संवेदनशील विषय मानेर मानव शरीर तथा यस सम्बन्धी विषयमा सुक्ष्म अध्ययन तथा अनुसन्धान गरेका थिए। जुन आज योग तथा आयुर्वेदको रुपमा हामी माझ लोकप्रिय भएको छ। त्यस्तै नेपाली  नागरिकहरुको स्वास्थ्यलाई नेपालको संविधानको भाग तीनको धारा पैँतीसले मौलिक हकको रुपमा सम्बोधन गरेको […]

Continue Reading

औषधि लिमिटेडको क्षमता बढाइँदै, नि:शुल्क वितरण गर्ने औषधिमा आत्मनिर्भर बनाउने प्रस्ताव

न्यूज अपडेट संवाददाता काठमाडाैं, ९ जेठ सरकारले सरकारी स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडको क्षमता बढाउने भएको छ। आगामी आर्थिक वर्षका लागि प्रस्तावित नीति तथा कार्यक्रममा लिमिटेडको उत्पादन क्षमता अभिवृद्धि गर्ने विषय राखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लिमिटेडको उत्पादन क्षमता बढाउँदै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक औषधिहरुको आपूर्तिलाई आत्मनिर्भर बनाउने कार्यक्रमको प्रस्ताव गरेको हो। […]

Continue Reading

भक्तपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुद्वारा शपथ तथा पद्भार ग्रहण

न्यूज अपडेट संवावदाता भक्तपुर, ६ जेठ भक्तपुर नगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यहरुले जेठ ६ गते एक कार्यक्रमबीच सपथ ग्रहण गर्नुहुँदै पदभार ग्रहण गरेको छ । भक्तपुर नगरपालिकाको नयाँ भवन ब्यासीको प्रांगणमा सम्पन्न शपथ ग्रहण कार्यक्रममा भक्तपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत गोपाल प्रसाद बास्तोलाले २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित […]

Continue Reading