यस वर्षको गुन्हिपुन्ही (जनै पूर्णिमा) भदौ १३ गते र सापारु (गाईजात्रा) भदौ १४ गते मनाउने निर्णय

कला/साहित्य पर्यटन विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, ३० साउन


यस वर्षको गुन्हिपुन्ही (जनैपूर्णिमा) र सापारु (गाईजात्रा) एकै दिन परेको कारण जनमानसमा अन्योल पैदा नहोस् भनी भक्तपुर नगरपालिका र सरोकारवालाहरू तलेजुका मुल पुजारी (राजोपाध्याय), पुजारीहरु (कर्माचार्य र जोशी) बीच भएको बैठकले २०८० भदौ १३ गते बुधबार गुन्हिपुन्ही (जनै पूर्णिमा) र २०८० भदौ १४ गते बिहीबार सापारु (गाईजात्रा) मनाउने निर्णय गरेको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सरोकारवालाहरुको उपस्थितिमा बसेको सोमबारको बैठकले ज्योतिषशास्त्र अनुसार भाद्र १३ गते बुधबार चतुदर्शी (१४) घ.प. ११।२८ प्रात, घ.मि. १०।१७ प्रात र त्यसपछि भदौ १४ गते एकै दिनमा वृहस्पतिबार पूर्णिमा (१५) घ.प. १५।१८ प्रात, घ.मि. ७।४९ प्रात, प्रात ७।४९ मिनेट पछि परेवा (प्रतिपदा) लाग्ने, सापारु शुरु हुने समय रहेकोले यहि मिति २०८० भदौ १३ गते विहान १० बजे १७ मिनेटदेखि पूर्णिमा शुरु भई भदौ १४ गते विहान ७ः०० बजेर ४९ मिनेटसम्म रहने र त्यसपछि सापारु शुरु हुने भएको हुँदा भदौ १३ गते पुन्ही र भदौ १४ गते सापारु मनाउने निर्णय गरेको हो ।

बैठकमा शिक्षा, संस्कृति तथा स्वास्थ्य समितिका सदस्यहरु उपप्रमुख रजनी जोशी, वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ, कार्यपालिका सदस्य कृष्णप्यारी भुजु, प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मा र तलेजुका पुजारीहरु प्रजेशराज राजोपाध्याय, नरेन्द्रप्रसाद जोशी, महेन्द्र कर्माचार्य, पदमलोचन कर्माचार्य, सिद्धिवीर कर्माचार्य र केदारप्रसाद जोशी समेतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *