इनरुवा सब स्टेसन डुबानमा, उपकरणमा क्षति

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

काठमाडाैं, ३ कात्तिक

इनरुवा सब स्टेसन डुबानमा, उपकरणमा क्षति

अविरल वर्षासँगै सुनसरी खोलामा आएको बाढीका कारण सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्माणाधीन ४०० केभी र २२०/१३२/३३ केभी इनरुवा सब स्टेसन डुबानमा परेको छ । सुनसरी खोला नै सब स्टेसनमा पस्दा ठुलो क्षति पुगेको छ । आगामी पुसभित्र (डिसेम्बर २०२१) निर्माण सम्पन्न गरी सञ्चालन गर्ने (चार्ज)लक्ष्यका साथ दुवै  सब स्टेसनको काम भइरहेको थियो ।

बाढीले सब स्टेसनको कम्पाउण्डवाल बगाएको छ । जडानका लागि राखिएका उपकरणहरू डुबेका छन् । बाढीले केही उपकरणहरू बगाएको र कार्यालय भवनसमेत डुबानमा परेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी कुलमान घिसिङले जानकारी दिए । ‘अहिले सबस्टेसनभित्र खोला बगिरहेकोले क्षति पुर्‍याइरहेको छ, सब स्टेसन तालमा परिणत भएको छ, जान सक्ने अवस्था छैन, त्यहाँ रहेका कर्मचारी र श्रमिकहरूलाई सुरक्षाकर्मीको सहयोगमा डुंगामार्फत सुरक्षित स्थानमा सारिएको छ’,घिसिङले भने ।

४०० केभी र २२०/१३२/३३ केभी सब स्टेसनका अधिकांश सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ । साथ,ै ट्रान्सफर्मर,रियाक्टर सर्किट ब्रेकरजस्ता मुख्य उपकरणहरू निर्माण स्थलमा ल्याइसकिएको थियो । बाढीका कारण सबै डुबानमा परेकाले उपकरणहरूमा क्षति पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *