दोस्रो चरणको कोभिड-१९ खोप अभियान फागुन २ गतेदेखि

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट

काठमाडाैं, २८ माघ

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ विरुद्दको खोप अभियान  फागुन २ गतेदेखि गर्ने निर्णय गरेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम(आइसिएस)ले दोस्रो चरण खोप अभियानमा खोप लगाउने प्राथमिकताको सूची छिटै मन्त्रालयको वेवसाइटमा राखिने जानकारी दिए।

सरकारले पहिलो चरणको खोप अभियान माघ १४ गतेदेखि सुभारम्भ गरेको थियो। पहिलो चरणमा कोभिड१९ को उपचार नियन्त्रणमा खटिएका फ्रन्टलाइनर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी, कारागारका कर्मचारी, कैदीलगायतलाई खोप लगाइएको थियो।

सरकारले पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप लगाउने लक्ष्य राखेको भएपनि १ लाख ८७ हजारले मात्र खोप लगाएपछि  बाँकि खोप पत्रकार, राजदूतावासका कर्मचारी र युनएन एजेन्सीमा कार्यरत स्वदेशी तथा विदेशी र तिनका परिवारलाई लगाउने निर्णय गरेको थियो।

नेपालमा भारतले अनुदान स्वरुप उपलब्ध गराएको अक्सफोर्ड एस्ट्राजेनिका र भारतीय खोप उत्पादक कम्पनीसेरम इन्स्टिच्यूटले उत्पादन गरेको कोभिसिल्ड खोप लगाइएको छ। भारतले नेपालमा अनुदानमा १० लाख डोज खोप उपलब्ध गराएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *