बुधबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, २८ माघ

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ३ सय ४९ पुगेको छ। गत २४ घण्टामा १ सय ३४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ७ सय ५३ जना सक्रिय संक्रमित छन्।

प्रदेश १ को सुनसरीमा मात्र १ जनामा कोरोना भेटिएको छ। प्रदेश २ धनुषा, पर्सा र बारामा १÷१ जनामा कोरोना पाइएको छ। बागमती प्रदेशको काठमाडौंमा मात्र ५५ जनामा कोरोना पुष्टि भएको छ।

चितवनमा १८, दोलखामा २, धादिङमा १, नुवाकोटमा १, भक्तपुरमा ६, मकवानपुरमा १, रामेछापमा २ र ललितपुरमा ४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २२, तनहुँमा १, नवलपरासी पूर्वमा ४, म्याग्दीमा २, लमजुङमा १, बागलुङमा १ र स्याङजामा १ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको बर्दियामा १, बाँकेमा २ र रुपन्देहीमा १ जनामा कोरोना पाइएको छ। गत २४ घण्टामा कर्णाली प्रदेशको दैलेखमा १ जनामा कोरोना भेटिएको छ। सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा २ र कैलालीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *