आइतबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, २५ माघ

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ९ सय २५ पुगेको छ। गत २४ घण्टामा १ सय १९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ८ सय १५ जना सक्रिय संक्रमित छन्।

प्रदेश १ को धनुषामा एक जनामा मात्र कोरोना भेटिएको छ। प्रदेश २ को कुनै पनि जिल्लामा संक्रमित भेटिएको छैन। बागमती प्रदेशको काठमाडौंमा मात्र ४३ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ३, चितवनमा ७, धादिङमा १, नुवाकोटमा २, भक्तपुरमा ४, ललितपुरमा ८ र सिन्धुपाल्चोकमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १९, गोरखामा ३, तनहुँमा ४, पर्वतमा १, म्याग्दीमा ३ र लमजुङमा ६ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, दाङमा ३, नवलपरासीमा १, पाल्पामा २ र बाँकेमा ५ जनामा कोरोना पाइएको छ।
गत २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा संक्रमित भेटिएको छैन। सुदूरपश्चिम प्रदेशको कैलालीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *