युवाहरुलाई सक्षम र दक्ष बनाउन भक्तपुर बचत क्रियाशिल

अर्थ/वाणिज्य विशेष समाचार समाचार

भक्तपुर, २७ पुस


भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष बलराम प्रजापबितातले युवाहरुलाई सक्षम र दक्ष बनाउन भक्तपुर बचत क्रियाशिल रहेको बताएका छन् । संस्थाको सूचना तथा प्रकाशन उपसमितिको आयोजनामा आइतवार भएको विशेष भिडियोग्राफी तालिमको समापन कार्यक्रममा यस्तो बताएको हो ।


कार्यक्रममा उनले तालिमबाट सिकेका सीपसाधनलाई व्यावसायिक रुपमा प्रयोग गर्नुपर्ने बताए । हरेक प्रशिक्षार्थीले आपूmले सिकेको सीपलाई आर्थिक रुपमा समेत उपार्जन गर्नसक्नुपर्नेमा जोड दिएका छन् । सीप र तालिमका लागि अनावश्यक खर्च घटाई बचत गर्ने बानी बसाल्नुपर्ने र जीवनलाई सार्थक पार्न सोही बचतले सहयोग गर्ने उनको भनाइ छ ।
प्रशिक्षक शरद राईले आपूmसँग भएभरको ज्ञान थोरैसमयभित्र दिन निकै गाह्रो हुने भएतापनि १२ दिने तालिमले भिडियोग्राफी तालिमलाई भिडियो सम्पादन तालिमले पूरा गर्ने भएकाले त्यस पाटोलाई संस्थाले अगाडि एबढाउनुपर्ने सुझाव दिए । तालिमका हरेक प्रशिक्षार्थीलाई उनले शुद्ध सृजनशील भिडियोग्राफर बनाउन चाहेको बताए । उनले अनावश्यक समय खर्च नगरी सही स्थानमा सही समयको सदुपयोग गर्नुपर्ने बताए ।


अध्यक्ष बलराम प्रजापतिले प्रशिक्षक शरद राईलाई मायाको चिनो र प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेको उक्त कार्यक्रममा कार्यक्रमका संयोजक निर्मल प्रजापतिले भक्तपुर बचतले विशेष भिडियोग्राफी तालिम दिएर उदाहरणीय कामको सुरुआत गरेको बताए । कार्यक्रममा उपसमिति सदस्य कृष्णश्वरी दुवाल र प्रशिक्षार्थी रामेश्वर सुवालले पनि तालिमबारे आफ्नो भनाइ राखेको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *