उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त, सार्वजनिक गाडीलाई चक्रपथभित्र छिर्न दिइएन

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, २३ माघ

फाइल तस्वीर

नेकपा ओली समूहले नारायणहिटी अगाडि गरेको वृहत आमसभाका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । विभिन्न जिल्लाबाट नेता, कार्यकर्तालाई ल्याएर प्रदर्शन गरिएका कारण ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको हो ।

महानगरीय ट्राफिक महाशाखा, रामशाहपथका अनुसार कार्यक्रम अवधिभरका लागि रिङरोडभित्र सार्वजनिक यातायातलाई प्रवेशमा रोक लगाइएको छ । मोटरसाइकललाई भने चल्न दिइएको छ । जय नेपाल, महेन्द्र शालिक र केशर महल क्षेत्रमा पूर्णतः सवारीसाधन निषेध गरिएको ट्राफिक महाशाखाका एसएसपी जनक भट्टराईले बताए ।

पुतलीसडक, नक्साल लगायतका क्षेत्रमा भने अहिले सवारी आवागमन सामान्य हुँदै गएको ट्राफिक प्रहरीले जनाएको छ । अवरोध भएका ठाउँमा वैकल्पिक मार्गबाट सवारीसाधनहरुलाई डाइभर्सन गराइएको प्रहरीले जनाएको छ ।

आमसभामा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुले सम्बोधन गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *