शुक्रबार कुन जिल्लागत रूपमा संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, २३ माघ

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ७ सय ७ पुगेको छ। गत २४ घण्टामा १ सय ५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये २ हजार १ सय ८ जना सक्रिय संक्रमित छन्।

प्रदेश १ को झापामा १, तेह्रथुममा १, मोरङमा १ र सुनसरीमा १ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को रौतहटमा १ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ४३ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १, चितवनमा ५, धादिङमा १, भक्तपुरमा ३ र ललितपुरमा १२ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ९, नवलपरासी पूर्वमा १, र लमजुङमा १ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, कपिलवस्तुमा १, गुल्मीमा १, दाङमा ७, पाल्पामा ३, प्युठानमा १, बर्दियामा २ र रुपन्देहीमा ४ जनामा कोरोना पाइएको छ।

गत २४ घण्टामा कर्णाली प्रदेशको सुर्खेतमा १ र कञ्चनपुरमा १ जनामा कोरोना भेटिएको छ। सुदूरपश्चिम प्रदेशको कैलालीमा मात्र १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *