बिहीबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट

काठमाडाैं, २२ माघ

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ६ सय २ पुगेको छ। गत २४ घण्टामा १ सय ७१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये २ हजार २ सय ७७ जना सक्रिय संक्रमित छन्।

प्रदेश १ को धनकुटामा २ कोरोना भेटिएको छ। प्रदेश २ को धनुषामा २, महोत्तरीमा २ र रौतहटमा १ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ६१ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ४, चितवनमा ४, धादिङमा १, नुवाकोटमा ४, भक्तपुरमा ४, मकवानपुरमा १, ललितपुरमा १३ र सिन्धुपाल्चोकमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २१, गोरखामा २, तनहुँमा २, नवलपरासी पूर्वमा ३, पर्वतमा ३, म्याग्दीमा २, बागलुङमा ५ र स्याङजामा १ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको गुल्मीमा २, दाङमा ९, नवलपरासीमा १, पाल्पामा २, बाँकेमा ६ र रुपन्देहीमा ५ जनामा कोरोना पाइएको छ। गत २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा संक्रमित भेटिएको छैन।  सुदूरपश्चिम प्रदेशको कैलालीमा ५ र बझाङमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *