महिला उद्यमी मेला सम्पन्न

समाचार

धरान, ८ भदौ


महिला उद्यमीहरुलाई प्रोत्साहन गर्दै आयोजना गरीएको तीज विशेष महिला उद्यमी मेला सम्पन्न भएको छ ।
महिला सञ्जाल धरानको आयोजना भएको तीन दिने महिला उद्यमी बजार प्रर्वद्धन तथा प्रदर्शनी मेलामा करिब ५ लाख रुपैयाको कारोबार भएको संञ्जालकी अध्यक्ष सबिता राईले बताईन् । महिला उद्यमीहरुको उत्पादनलाई राष्ट्रियकरण गर्दै उनीहरुलाई प्रोत्साहित गर्न तीजको अवसरमा महिला उद्यमी मेलाको आयोजना गरिएको थियो ।
मेला समापन कार्यक्रममा प्रदेश नं १ की उपसभामुख सरस्वती पोखरेलले महिलाहरु उत्पादनसँग जोडिन आवश्यक भएको बताइन् । ‘महिलाहरु आफै उद्यमी र आत्मनिर्भर हुनु अहिलेको पहिलो आवश्यकता हो’, उनले भनिन्, ‘महिलाहरु उद्यमी बनेर आत्मनिर्भर भए मात्र नेपाल समृद्ध हुनेछ ।’ नेपालका महिलाहरु आर्थिक, सामाजिक, राजनीतिकरुपमा अघि नबढेसम्म मुलुक समृद्ध नहुने उनको भनाई छ । बिहिबारदेखि शुरु भएको मेलामा २५ वटा महिला उद्यमीहरुको स्टल रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *