रोसना लैबा
भक्तपुर,९ असार
७५ वर्ष उमेरमा पनि उतिकै जोश र जाँगरका साथ ढुङ्गाको मूर्ति बनाउन निकै तल्लीन छन् भक्तपुर नगरपालिका वडा नंÞ ६ स्थित याछें निवासी आशकाजी रञ्जितकार । उनका दुई छोरा छन् । छोराहरुले यस पेशामा खासै रुचि नदेखाउँदा मन खिन्न गर्छन ।
विगत ३०–३५ वर्षदेखि आफुु यस कार्यमा संलग्न रहेको बताए । उनले थुप्रै मठमन्दिर, पाटी पौवाको लागी बुुट्टा कोरिसक्नु भएको छ । जीवनको उत्तराद्र्घमा आईसक्नुुु भएका रञ्जितकारले पुुर्खाको कला , संस्कृति र पुख्यौली सम्पदा जगेर्ना गर्न यो पेशाले महत्वपूर्ण भएकोमा गर्व गर्नुहुन्छ । उनले मूर्ति बनाए बापत मूर्तिको आकार हेरी रकम तोक्ने र कहिले दिनको १२०० रुपैयाँ आम्दानी हुने र कहिले हँुदैनहुने बताए । उनले मूर्ति बनाउन सुडाल, नगरकोट, खरिपाटीबाट ढुङ्गा ल्याउनु हुन्छ ।
लामो समय काम गर्दा यस पेशाले श्वासप्रश्वास सम्बन्धि रोग लाग्ने सम्भावना बढी देखिएको बताए ।