ऐरावतीमा एक सामुदायिक बन एक रिचार्ज पोखरी’

समाचार

प्यूठान,३ असार


प्यूठानको ऐरावती गाउँपालिकाले ‘एक सामुादायिक बन एक रिचार्ज पोखरी’ निर्माण गर्ने भएको छ । पछिल्लो समय जलबायु परिवर्तन,बन जङगल फडाँनी लगायतका कारणले पानीका मुहान सुक्दै गएकाले मुहान संरक्षण गर्ने उद्धेश्यले रिचार्ज पोखरी निर्माण गर्न लागेको ऐरावती गाउँपालिकाले जनाएको छ । पुर्वाधार बिकाससंगै सडक निर्माणका क्रममा वनजङ्गल मासिने र खानेपानीको श्रोत सुकेर जाँदा यहाँका स्थानियलाई खानेपानिको चरम समस्या हुदै गएको ऐरावती गाउँपालिकाका अध्यक्ष नबिल बिक्रम शाहले बताए । ‘पानिको समस्यालाई कम गर्नका लागी रिचार्ज पोखरी निर्माणको काम थालेका हौँ’ उनले भने,‘यस बर्ष ५२ स्थानमा पोखरी निर्माण गर्छौ ।’
गाउँपालिकाभित्र रहेका सामुदायिक बन उपभोक्तासगँ सहकार्य गरेर पोखरी निर्माण थालिएको हो । गाउँपालिकाका ६ वटै वडालाई समेट्ने गरी रिचार्ज पोखरी निर्माण गरिएको ऐरावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सेन ओलीले बताए । ‘जिल्ला बन महासंघसग समन्वय गरी निर्माण कार्य अगाडी बढाएका हौँ’ अधिकृत ओलीले भने,‘ रिचार्ज पोखरी निर्माणले पानीका मुहान संरक्षण गर्नेछ ।’ पालिकाका केही वडामा पोखरी निर्माण गरिसकेको ओलीले जानकारी दिए । पोखरी निर्माणको काम असार मसान्तसम्म सक्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।
वन महासंघ समितिका सदस्यहरुलाई खाजा खर्च र दैनिक एक सय ५० रुपैया दिएर पोखरी निमार्णको काम अघि अधिकृत ओलीले बताए । ‘रिचार्ज पोखरी निर्माणले पानीका मुहान संरक्षण गर्नेछ’ उनले भने । स्थानियको समस्यालाई प्राथमिकता दिदैै ल्याएको योजना प्रति यहाँका स्थानिय नागरिक खुसि भएका छन् । आगामि दिनमा यसलाई संरक्षण र सर्वद्धन गर्ने दायित्व सबैको रहेको बताएका छन । अब पानिको समस्यावाट विचल्लि हुन नपनको लागि यसलाई दिगो रुपमा टिकाई राख्न स्थानियहरुलाई पालिकाले आग्रह गरेको छ । पोखरी निमार्णका लागि आवश्यक पर्ने औजार तथा सामाग्रिहरु गाउँपालिकाले नै उपलब्ध गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *