भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति रनि· शिल्ड खेलकुद प्रतियोगिता आजबाट सुरु

खेलकूद विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, ११ पुस

 भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति रनि· शिल्ड खेलकुद प्रतियोगिताको आज सहिदस्मृति मेल मैदानमा उद्घाटन भयो । प्रमुख अतिथि प्रजापतिले भलिबल खेलका रेफ्रि लक्ष्मीप्रसाद स्वंगमिखालाई खेल सामाग्री हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै उनले अनुशासित र सक्षम खेलाडीहरु तयार पार्दै भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले भक्तपुर नपाले खेलकुदहरुको नियमित प्रशिक्षण, प्रतियोगिता र खेलाडी सम्मान कार्यक्रमलाई जोड दिँदै आएको बताए ।
खेलकुद प्रतियोगिताहरु औपचारिकतामा मात्रै सीमित हुन नहुने बताउँदै उनले खेलकुद मानव जीवनको अभिन्न अंग हो र खेलाडीहरुले खेलकुदको क्षेत्रमा सशक्त भई अगाडि बढन्पर्ने धारणा राखे ।
देश र समाजप्रतिको आफ्नो दायित्वलाई कहिल्यै बिर्सन नहुने विचार व्यक्त गर्दै प्रमुख प्रजापतिले विद्यार्थीहरुलाई विद्यालयज ीवनदेखि अनुशासित र मर्यादित बनाउन खेलकुदको निकै ठूलो भूमिका रहने बताए ।
भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष एवम् खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले २०८० पुस ११–१३ गतेबाट सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्डको लागि भलिबल, कबड्डी, उसु, तेक्वान्डो, एथ्लेटिक्स र कराँते गरी ६ वटा खेलमा प्रतियोगिता हुने अवगत गराए ।
भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापाले भक्तपुर नपाले पूर्णकालीन खेलकुद प्रशिक्षक नियुक्ति गरी विद्यालयहरूमा खेलकुद प्रशिक्षणलाई जोड दिँदै सराहनीय कार्य गर्दै आएको बताउँदै उनले खेलकुद क्षेत्रमा भएका यस किसिमका गतिविधिले भक्तपुरबाटै राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी तथा रेफ्रि तयार हुनेमा विश्वास व्यक्त गरे ।


कार्यक्रममा भनपा ४ का वडाअध्यक्ष उपेन्द्र सुवाल र भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले खेलकुद प्रतियोगिताहरुलाई अनुशासित, मर्यादित र व्यवस्थित रुपले सञ्चालन गर्ने उद्देश्यले नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता निकै महत्वपूर्ण प्रतियोगिता भएको बताए ।
कार्यक्रममा खेलाडीको तर्फबाट गणेश माविका भलिबल खेलाडी कन्चन थिङ र रेफ्रिको तर्फबाट रोजिना सैंजुले सपथ ग्रहण गरेका थिए ।
कार्यक्रममा भनपा वडा नं. ८ का वडा सदस्य तथा खेलकुद समितिका सदस्य रामसुन्दर बासीले भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति रनि· शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत २०८० पुस ११ गते बिहान ८ बजेबाट सहिदस्मृति खेलमैदानमा भलिबल र कबड्डी खेल, पुस १२ गते माहेश्वरी खेलमैदानमा एथ्लेटिक्स र लिबाली कभर्ड हलमा तेक्वाण्डो प्रतियोगिता, १३ गते शुक्रबार ख्वप कलेजमा कराँते र लिबाली कभर्ड हलमा उसु खेलको प्रतियोगिता हुने जानकारी गराए ।
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति रनि· शिल्ड खेलकुद प्रतियोगितामा नगरभित्रका ४५ वटा विद्यालयहरु र ७५० जना विद्यार्थीहरुको सहभागिता रहेको भक्तपुर नपाको खेलकुद समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *