कुखुराको मासुमा आत्मनिर्भर हुदै

अर्थ/वाणिज्य समाचार

नेपालगञ्ज,३० जेठ


कुनै बेला मासुमा परनिर्भर बनेको बाँके जिल्ला भने पछिल्लो समय कुखुराको मासुमा आत्मनिर्भर बनेको छ । बाँकेको गाउँ गाउँमा कुखुरा पालन व्यावसाय बढेसँग बाँके कुखुराको मासुमा आत्म निर्भर बनेको हो ।
पछिल्लो समयमा भारतबाट आयात हुने कुखुरा र अण्डामा कडाई गरिएसंगै यहाँका जिल्लामा कुखुरापालन व्यवसाय फस्टाउदै गएका छन् । जिल्लामा कुखुराको मासुको माग अत्याधिक बढेसंगै चार सय बढी युवाहरू व्यावसायिक कुखुरा पालनमा सक्रिय रूपमा लागेको जिल्ला पशु सेवा कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला पशु सेवा कार्यालयका अनुसार बाँकेमा पशुपालनमा युवाहरूको आकर्षण बढदै गएको छ । व्यावसायिक रूपमा करिब चार सय युवाहरूले कुखुरा पालन गर्दै आइरहेको र एउटा फर्ममा कम्तीमा पाँच सय कुखुरा उनीहरूले पाल्दै आएको पशु’ कार्यालयका वरिष्ठ पशु चिकित्सकहरु बताउँछन् । कोहलपुर, मनिकापुर, खजुरा, सीतापुरलगायतका क्षेत्रमा कुखुरापालन गर्ने युवाहरू बढदै गएका छन् । बाँकेमा एक सातामा करिब ६ देखि १० टन कुखुराको मासु उत्पादन हुने गरको कार्यालयको तथ्यांकले देखाउँछ ।‘अहिले बाँके कुखुराको मासुमा आत्मनिर्भर बनिसकेको छ,’ वरिष्ठ पशु चिकित्सक वेदबहादुर केसीले भने,‘एक सातामा मात्रै करिब चार टनभन्दा बढी मासु जिल्लाबाट बाहिरिन्छ । विदेशबाट फर्किएका र पढेलेखेका युवाहरूको कुखुरापालनतर्फ आकर्षण बढेको बताए । जिल्लामा उत्पादन बढेसगै माग पनि बढेको व्यवसायी बताउँछन् । जिल्ला पशु सेवा कार्यालयका अनुसार बाँकेमा ४ सय १७ वटा कुखुरा फर्म दर्ता भएका छन् ।

केही फर्महरू बिनादर्ता पनि सञ्चालनमा रहेका छन् । तीमध्ये करिब ८० प्रतिशत फर्महरू युवाहरूले सञ्चालन गरिरहेको कार्यालयले जनाएको छ । व्यवसायीले वार्षिक १२ देखि १५ लाख रुपैयाँ आम्दानी गरिरहेको व्यवसायी किरण थापा बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *