लहान, २३ पुस
रोजगारीको क्रममा खाडी मुलुकमा रहेका नेपालीको साझा संस्था हेल्प मधेशी साउदी अरेबियाद्वारा सङ्कलित रकमबाट सिरहा र धनुषाका ४० जना अति गरीब, दलित, विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
कर्जन्हा नगरपालिका–११ स्थित बगहामा आयोजित कार्यक्रममा नगरपालिकाका विभिन्न वडामा रहेका आधारभूत विद्यालयका र धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ स्थित जनता आधारभूत विद्यालयका विद्यार्थीलाई झोला, कपी, कलम र डिक्सनरी लगायतका शैक्षिक सामग्री प्रदान गरेको हो ।
प्रत्येक विद्यालयबाट अति गरीब, दलित र विपन्न मध्येबाट १० जनाको दरले छनोट गरी ४० जना विद्यार्थीलाई करीब रू ६० हजार मूल्य बराबरको शैक्षिक सामग्री वितरण गरिएको आयोजकले जनाएको छ ।