संयुक्त राष्ट्र सङ्घद्वारा गाजामा पूर्ण युद्धविरामको लागि आह्वान

न्यूज अपडेट संवाददाता न्युयोर्क, १४ मङ्सिर (टेलेसुर/अल जजिरा)  संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले सोमबार ‘गाजा, इजरायल र व्यापक क्षेत्रका जनताको हितका लागि’ पूर्ण युद्धविराम गर्न आग्रह गरेकाे छ। महासचिव गुटेरेसका प्रवक्ताद्वारा जारी विज्ञप्तिअनुसार संयुक्त राष्ट्र सङ्घका महासचिवले सात हप्ताको द्वन्द्वले ‘विश्वलाई स्तब्ध पार्ने डरलाग्दो क्षति’ गरेकोे बताए। इजरायल र हमास आन्दोलनले अक्टोबर ७ देखि बन्दी […]

Continue Reading

नेपाल एयरलाइन्सको लापरवाही, प्रधानमन्त्री लिएर उड्दा ३१ यात्रु छुटे

न्यूज अपडेट संवाददाता काठमाडाैं, १४ मंसिर नेपाल एयरलाइन्सले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएर दुबई जाने क्रममा अरु ३१ जना यात्रुलाई काठमाडौंमै छाडेको छ । प्रधानमन्त्री चढेको जहाजबाट दुबई जान नपाएका धेरैजसो वैदेशिक रोजगारीका लागि जान लागेका नेपालीहरु छन् । जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसहितको टोली गएराति साढे ९ बजे नेपाल […]

Continue Reading

सन्दर्भ : अन्ना लुइस स्ट्रङ जन्म दिवस (नोभेम्बर २५) – अन्तर्राष्ट्रवादी पत्रकार अन्ना लुइस स्ट्रङ

न्यूज अपडेट संवाददाता भक्तपुर, १० मंसिर अमेरिकी साम्राज्यवादले जापानको हिरोसिमा र नागासाकी सहरमा आणविक बम खसाली संसारमा आफ्नो सामरिक शक्ति देखाएर संसारका सबै क्रान्तिलाई हाँक दिइरहेको थियो । संसारलाई त्राहिमाम पारेको बेला अन्ना लुइस स्ट्रङ (Anna Louise Strong) येनानको गुफामा माओ त्सेतुङसँग अन्तर्वार्ता लिन पुगिन् । माओ त्सेतुङले उत्तरमा भन्नुभयो, “साम्राज्यवाद कागजको बाघ भएजस्तै आणविक […]

Continue Reading

चीनमा नयाँ भाइरस फैलिन थालेपछि भारतले जारी गर्‍यो एडभाइजरी

न्यूज अपडेट संवाददाता नयाँ दिल्ली, १० मंसिर चीनमा रहस्यमय बिरामी फैलिएपछि भारत सरकारले राज्य र केन्द्र सरकारद्वारा शासन गरिएका देशहरुमा एडभाइजरी जारी गरेको छ। भारतको स्वास्थ्य मन्त्रालयले राज्य र केन्द्रबाट शासित प्रदेशसँग पब्लिक हेल्थ व्यवस्थाको अपडेट गर्नका लागि भनेको छ। त्यस्तै कुनै ठूलै संक्रमण फैलन सक्ने तयारी गर्न पनि अस्पताललाई भनिएको छ। एडभाइजरीका अनुसार अस्पतालका […]

Continue Reading

पीसीएल नर्सिङ लाइसेन्स परीक्षामा १९ प्रतिशत मात्रै पास

न्यूज अपडेट संवाददाता काठमाडाै, १० मंसिर स्टाफ नर्स (पीसीएल नर्सिङ) तर्फको नाम दर्ता (लाइसेन्स) परीक्षामा सहभागीमध्ये ८१ प्रतिशत फेल भएका छन्। नेपाल नर्सिङ परिषद्ले राजधानीका दुईवटा परीक्षा केन्द्रहरुमा शनिबार बिहान लिएको लाइसेन्स परीक्षामा पीसीएल तर्फ सहभागीमध्ये ८१ प्रतिशत फेल भएका हुन्। परीक्षा समितिकी प्रवक्ता सकुन्तला प्रजापतिका अनुसार पीसीएल नर्सिङ तर्फ कुल १ हजार २७० जना […]

Continue Reading

माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा, ३० दिनसम्म प्रदर्शन र जुलुस गर्न रोक

  न्यूज अपडेट संवाददाता काठमाडौं, ४ मसिर जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला सुरक्षा समिति, काठमाडौंले गरेको सिफारिसका आधारमा सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म निषेधित क्षेत्र तोक्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए । प्रशासनको निर्णय अनुसार, पद्यमोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, […]

Continue Reading

जनवादी गणतन्त्र चीनको चिङ्काङ्शान नगरपालिकाका उपप्रमुख वाङ ह्वामिङ भक्तपुर भ्रमणमा

न्यूज अपडेट संवददाता भक्तपुर, ४ मसिर भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग जनवादी गणतन्त्र चीनको चिङ्काङ्शान नगरपालिकाका उपप्रमुख वाङ ह्वामिङले आइतबार भेट गरे । सांस्कृतिक नगर भक्तपुरमा स्वागत गर्दै नगर प्रमुख प्रजापतिले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्ध वर्तमानमा विभिन्न आयामसहित घनिष्ट हुँदै गएको बताउँदै उच्च तहका चिनियाँ प्रतिनिधिमण्डलहरुको नेपाल भ्रमण अत्यन्त स्वागतयोग्य भएको बताए । नेमकिपा […]

Continue Reading

कात्तिकमा घट्यो घरजग्गा कारोबार

न्यूज अपडेट संवाददाता काठमाडाैं, २ मंसिर फाइल तस्वीर दशैं-तिहार जस्ता ठूला चाडपर्वका कारण कात्तिकमा घरजग्गाको कारोबार घटेको छ । दशैं-तिहार जस्ता चाडपर्व एकै महिनामा पर्न जाँदा सार्वजनिक बिदा धेरै हुँदा र नागरिकहरु पनि ‘फेस्टिभ मुड’ मा रहँदा घरजग्गाको कारोबारमा कमी आएको हो । गत आर्थिक वर्षमा असोजमा चाडपर्व परेकोले कारोबार घटेकोमा चालु आर्थिक वर्षमा भने […]

Continue Reading

छठ पर्व विधिवत् रुपमा सुरु, मधेशका बजारमा पूजा सामान किन्नेको भिड

न्यूज अपडेट संवाददाता सिरहा, २ मंसिर तराई मधेशमा निकै महत्त्वका साथ मनाइने धार्मिक एवम् लोकआस्थाको पर्व छठ विधिवत् रूपमा सुरु भएको छ । निष्ठापूर्वक धुमधामसँग मनाइने छठका लागि पूजाको सामग्री किन्ने श्रद्धालुको भीडले सिरहा जिल्लाको बजारमा रौनकता थपिएको छ । जिल्लाको माडर, बरयारपट्टि, ठाडी नाका नजिक रहेको भारतीय बजारका साथै सिरहा बजार, कल्याणपुर, भगवानपुर, सुखिपुर, […]

Continue Reading

दक्षिण कोरियाको अस्पतालमा आगलागी हुँदा ३८ जना घाइते

सिन्ह्वा न्यूज एजेन्सी सियाेल, २ मंसिर दक्षिण कोरियाको एउटा अस्पतालमा आगलागी हुँदा ३८ जना घाइते भएका छन्। योनहाप समाचार एजेन्सीले जनाएअनुसार राजधानी सियोलबाट करिब २०० किलोमिटर दक्षिणपूर्वमा रहेको गुमीस्थित ६ तले अस्पतालमा शुक्रबार स्थानीय समयअनुसार बिहान ८ः१० बजे आगलागी भएको थियो। बिरामीसहित अस्पतालबाट ९० जनाको उद्धार गरिएको छ। जसमध्ये १४ जनालाई श्वासप्रश्वासमा जटिलता देखिएको छ […]

Continue Reading