वागीश्वरी कलेजका विद्यार्थीहरुको तीन दिने क्याम्प सम्पन्न

विशेष समाचार समाचार

प्रेम प्रजापति
भक्तपुर, ३० बैशाख


वागीश्वरी कलेजमा अध्ययनरत स्नातक तहका बी.ए. तथा बी.एस.डब्लु. पहिलो वर्षमा समाजशास्त्र तथा सामाजिक कार्य विषय अध्ययनरत विद्यार्थीहरूको तीन दिने समर उर्वान क्याम्प फर्पिङस्थित शिखरापुर क्याम्पसमा सम्पन्न भएको छ ।

उक्त शिविरमा शिखरापुर सामुदायिक क्याम्पसका प्राचार्य निरोज श्रेष्ठले विद्यार्थीहरुलाई बोटल हाउस तथा शिखरापुर सामुदायिक सिकाइ केन्द्रबाट सञ्चालित गाई फार्म, कुखुरा फार्म र कृषि फार्मको अवलोकन गराएका थिए ।

खेर गएका बोटल, पराल, कपाल तथा माटोबाट वातावरणमैत्री, भुकम्प प्रतिरोधात्मक र कम लागतमा बोटल हाउस निर्माण गरेको प्राचार्य श्रेष्ठले बताए ।

विद्यार्थीहरुले शिखरापुर सामुदायिक क्याम्पस, शिखरापुर सामुदायिक विद्यालय, कृषि सिकाइ अनुसन्धान केन्द्र र शिखरापुर खुला विद्यालयको अवलोकन गर्नुका साथसाथै कृषि जे.टि.ए. सरिता नगरकोटिको विशेष सहयोगमा विद्यार्थीहरुले तरकारी (काक्रो, लौ“का, घिरौ“ला, फर्सी) रोप्ने अनुभव प्राप्त गरेका थिए ।

विद्यार्थीहरूका दुई समूहले शिखरापुरको ३० घरधुरीलाई नमुना छनोट गरी विवाहित महिलाहरूको आर्थिक अवस्थाबारे सर्वेक्षण गरेका थिए । उक्त सर्वेक्षणमा बढी महिलाहरु कम उमेरमा विवाह हुने, आधारभूत कक्षासम्म मात्रको पढाइ र कृषि पेशामा आवद्ध रहेको पाइएको थियो । नगरपालिकाबाट आउने सूचनाहरू समयमा थाहा नपाउ“दा विभिन्न तालिम लिनबाट वञ्चित भएको गुनासो सर्वेक्षणमा देखिएको थियो ।

उक्त शिविरको समापन समारोहमा प्रमुख अतिथि दक्षिणकाली नगरपालिकाका प्रवक्ता तथा वडा. नं. ९ का अध्यक्ष अम्रिका बलामीले विदेशमा गएर गर्ने दुःख स्वदेशमै कृषिमा गरे देश आत्मनिर्भर बन्ने बताउनुका साथै कृषि तथा व्यवसाय गर्ने व्यक्तिहरूलाई नगरपालिकाले विशेष अनुदान दिने बताए ।

यस्तै, शिखरापुर सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष श्यामबहादुर के.सी.ले नगरपालिकाबाट आउने सूचनाहरू समयमा थाहा नदिने गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै शिखरापुरलाई अध्ययन क्षेत्र बनाइएकोमा धन्यवाद व्यक्त गरे ।

वागीश्वरी कलेज समाजशास्त्रका शिक्षिका एवं सभापति सुशिला कर्माचार्यले शिविरको महत्वबारे प्रष्ट्याउ“दै शिविरबाट धेरै ज्ञान प्राप्त भएको बताए ।

कार्यक्रममा शिखरापुर खुल्ला विद्यालयका संयोजक ललिता लामिछाने, रूक्मणी फाउण्डेशनका अध्यक्ष शशी शर्मा अर्याल, शिखरापुर सामुदायिक सिकाइ केन्द्रका सचिव निशा विसुन्खे लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *