देशका विभिन्न स्थानीय तहमा नेमकिपाद्वारा उम्मेदवारी दर्ता

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, १३ बैशाख

भरतपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टीका हरिप्रसाद दुवालले आइतबार उम्मेदवारी दर्ता गराउनुभएको छ ।
वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले सोमबार पनि मनोनयन दर्ता गर्दै छ । आइतबार ११ बजे मेयरमा उम्मेदवारी दर्ता गराएका दुवालको प्रस्तावकमा रविनकुमार प्रधान र समर्थकमा श्यामकृष्ण खयरगोली रहनुभएको छ ।

हरिप्रसाद दुवाल
भरतपुर मनपा

धादिङ बेनिघाट रोराङ गाउँपालिकाको अध्यक्ष पदमा नेमकिपाको तर्फबाट राजकुमार श्रेष्ठले उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ ।

राजकुमार श्रेष्ठ

त्यस्तै ललितपुर महानगरपालिकामा नेमकिपाले प्रमुख पदमा अशोक महर्जन र उपप्रमुख पदमा ममिता श्रेष्ठ (महर्जन) लाई उम्मेदवार बनाएको छ भने ललितपुरकै गोदावरी नगरपालिकामा प्रमुख पदमा विष्णुभक्त महर्जन र उपप्रमुख पदमा सूर्यलक्ष्क्ष्मी प्रजापति देसारलाई उम्मेदवार बनाएको छ ।

अशोक महर्जन ललितपुर मनपा

ममिता श्रेष्ठ (महर्जन)

दुवै स्थानीय तहमा उम्मेदवारी दर्ता गर्न नेमकिपाका कार्यकर्ताहरू जुलुससहित पुगेका थिए । कञ्चन गाउँपालिकाको अध्यक्ष पदमा नेमकिपाका जगिलाल थापाले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

कान्ति अवाल
बनेपा नपा

यसैगरी लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुख पदमा नेमकिपाको तर्फबाट सुशीला पौडेलको उम्मेदवारी दर्ता भएको छ ।

शुसिला पौडेल
लुम्बिनी नपा

नेमकिपाको तर्फबाट वीरगञ्ज महानगरपालिकामा मेयर पदमा गोकर्णप्रसाद कोइरीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

गोकर्णप्रसाद कुसावा
वीरगञ्ज मनपा

त्यस्तै मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्षमा मनोजकुमार चौधरी, बेलबारी नगरपालिका प्रमुख पदमा श्यामबहादुर दर्जी तथा बुढीगङ्गा गाउँपालिका अध्यक्षमा सुरेन्द्रप्रसाद सापकोटाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
काभ्रेको धुलिखेल नगरपालिका प्रमुखमा नेमकिपा काभ्रेका पुण्यशोभा श्रेष्ठले उम्मेदवारी दिनुभएको छ ।

लक्ष्मीराम न्हुछे प्रधान
बनेपा नपा

बनेपा नगरपालिका प्रमुखमा लक्ष्मीराम न्हुच्छेप्रधान र उपप्रमुखमा कान्ति अवाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

पुण्यशोभा श्रेष्ठ
धुलिखेल नपा

अछाम जिल्लाको तुर्माखाद गाउँपालिकामा नेमकिपाका उम्मेदवार पदमबहादुर बुढाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
जुम्लाको चन्दननाथ नगरपालिकाको प्रमुखमा नेमकिपाको तर्फबाट जयकृष्ण धरला र उपप्रमुखमा हस्तना खत्रीले उम्मेदवारी दिनुभएको छ ।

हस्तना न्यौपाने
चन्दननाथ नपा

त्यस्तै तातोपानी गाउँपालिकाको अध्यक्षमा हस्तबहादुर कुँवर र उपाध्यक्षमा पूर्णावती खत्रीले पनि उम्मेदवारी दिनुभएको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रमुख पदमा नेमकिपाका गोविन्दनाथ योगी र उपप्रमुखमा बिजुकला रानाले उम्मेदवारी दिनुभएको छ ।

गोविन्दनाथ योगी
वीरेन्द्रनगर नपा

बिजुकला राना
वीरेन्द्रनगर नपा

राष्ट्रघाती एमसीसी सम्झौताका मतियार देशद्रोही दलहरूलाई सजाय दिन तथा जनताको प्रजातन्त्र स्थापना गर्न वर्गसङ्घर्षको रूपमा चुनावलाई उपयोग गर्दै आएको नेमकिपाले देशभरका स्थानीय तहहरूमा उम्मेदवारी दिएको जनाइएको छ ।

 

कान्ति अवाल
बनेपा नपा

Leave a Reply

Your email address will not be published. Required fields are marked *