सद्धे सिल बिगार्दै पैसा खाने दाउमा प्राधिकरण

विशेष समाचार समाचार

भक्तपुर, २७ पुस


भक्तपुर मालपोत स्थित घरपति को हो भन्दै ३ घरमा धमाधम विनावारेन्ट विद्यृत लाइन काटी सद्धे मिटर बिगारेका छन् । मिटरभित्र बिग्रेको छ छैन जाँच गर्नुपर्ने भन्दै सद्धे मिटरको बाहिरी सिल काटिदिएको स्थानीय घरधनीले बताएको छ । मालपोतबाट भू सेवा केन्द्र सञ्चालन गरि आएका भाडामा बसेका विभिन्न संघ संस्था तथा सेवाग्राहीहरुलाई समेत असर पर्ने गरी सूचना नै नदिई लाइन काट्न थालेपछि सचेत सर्वसाधारण जनतासमेत आक्रोसमा आएका थिए ।


विद्युत प्राधिकरणका कर्मचारीहरुको गलत क्रियाकलापका विरुद्ध आक्रोशमा आएपछि पुनः विद्युत मिटर जडान गर्न बाध्य भएका थिए । तर घरधनीहरुलाई कार्यालयमा आउनु भनी मिटरमा सिल नजोडी गएको घरधनीहरु बताउँछन् । भक्तपुरमा धेरै विद्युत चुहावत कम हुँदै गइरहेको वर्तमान अवस्थामा पनि गलत नियतका साथ पैसा खाने दाउमा यस्तो कार्य भइरहेको स्थानीय बताउँछन् । तर चुहावत नियन्त्रण गर्नु सच्चा नागरिकको कर्तव्य हो । यस्तो कार्यमा दुरुत्साहन गर्नु आवश्यक छ । जनतालाई अनावश्यक दुःख दिने नियतले मिटरलाइनमा कुनै खालको चुहावट नहुँदा पनि मिटर काट्छ र भ्रष्टाचार मौलाउने काम गर्छ भने त्यस्ता कर्मचारीलाई सम्बन्धित निकायबाट कारवाही हुनपर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *