बजेट खर्च र बेरुजु नियन्त्रणमा नरैनापुर उत्कृष्ट

समाचार

बाँके, १० भदौ


यहाँका जिल्लाका ८ वटा स्थानीय तहमा बजेट खर्च र बेरुजु नियन्त्रणमा नरैनापुर गाउँपालिकाले उत्कृष्ट भएको छ । आर्थिक बर्ष २०७५।२०७६ मा जिल्लामै ९० प्रतिशत बढी बजेट रकम गाउँपालिकाले खर्च गरेर जिल्लामै उत्कृष्ट भएको हो ।
जिल्लामा सबैभन्दा बजेट कम फ्रिज हुन नरैनापुर गाउँपालिका हो । कर्मचारी र जनप्रतिनिधिको उच्च कार्य सम्पादनका कारण आर्थिक बर्ष २०७५।०७६ बढी बजेट खर्च गर्न गाउँपालिका सफल भएको हो । जिल्लाका अन्य स्थानीय निकायले ७० प्रतिशत बढी बजेट खर्च गर्न सकेका छैनन् । नरैनापुर जिल्लाको विकट र दुर्गममा भएपनि कर्मचारी र जनप्रतिनिधीले उच्च कार्य गरेकै कारण उत्कृष्ट भएको हो ।
गत बर्षको बार्षिक बजेटमा चालू बजेटमा ८८ प्रतिशत, पुँजिगत ७८ प्रतिशत खर्च भएको गाउँपालिकाका लेखा पअधिकृत कृष्णबहादुर रोकायले जानकारी दिए ।
तर जिल्लाका अन्य स्थानीय निकायले बार्षिक खर्च ७५ प्रतिशत बढी गर्न सकेका छैनन् । राज्यको आयव्ययको अन्तिम लेखापरीक्षण गर्ने संवैधानिक निकाय महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको बाँकेका ८ वटा स्थानीय तहमध्ये न्यून बेरुजु नरैनापुर गाउँपालिका देखिएको छ ।
नरैनापुर गाउँपालिकाको बेरुजु रु.४ करोड ६७ लाख रहेको छ ।यस्तैगरि रु.९९ हजार असुल गर्नुपर्ने बेरुजु छभने रु.१७ लाख ३१ हजार रुपैँया अनियमित बेरुजु रहेको छ । प्रमाण कागजात पेश नभएको बेरुजु रु.२ करोड १० लाख ५६ हजार रुपैँया र पेश्की बाँकी देखिएको रु.४८ लाख १० हजार रुपैँया रहेको छ । अरु स्थानीय निकाय भने पेश्की र बेरुजु हुनेमा अगाडी रहेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका बेरुजु रु.२७ करोड ६० लाख ७५ हजार, असुल गर्नुपर्ने रु.बेरुजु ४ करोड ११ लाख ७३ हजार, अनियमित बेरुजु रु.३९ लाख २० हजार, प्रमाण कागजात पेश नभएको बेरुजु रु.४५ लाख ८८ हजार रुपैँया रहेको छ । पेश्की बाँकी देखिएको रु.२२ करोड ६४ लाख ६७ हजार रुपैँया रहेको छ । यस्तै बैजनाथ गाउँपालिकाको जम्मा बेरुजु रु.३ करोड ७२ लाख ७७ हजार, असुल गर्नुपर्ने बेरुजु रु.४८लाख २९ हजार, अनियमित बेरुजु रु.१ करोड १२ लाख २६ हजार, प्रमाणकाजगात पेश नभएको रु.६८ लाख ८१ हजार, पेश्की बाँकी देखिएको रु.१ करोड ४३ लाख ४१ लाख, डुडुवा गाउँपालिका बेरुजु रु.६ करोड ४३ लाख ९२ हजार छभने पेश्की बाँकी रु.करोड २० लाख ८८ हजार रुपैँया रहेको छ ।
खजुरामा बेरुजु रु.४ करोड १५ लाख ५५ हजार र पेश्की रु.११ लाख १० हजार छ । जानकी गाउँपालिकामा बेरुजु रु. ५ करोड ६६ लाख ९९ हजार र पेश्की रु.१ करोड ४८ लाख १३ हजार रुपैँया छ । यस्तै कोहलपुर नगरपालिकाको बेरुजु रकम रु.१३ करोड ६० लाख १३ हजार र पेश्की बाँकी ६५ लाख ७२ हजार रुपैँया रहेको देखिन्छ । जसमा पेश्की र बेरुजु कम नरैनापुर गााउँपालिकामा देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *