अविवाहित महिलालाई स्तन क्यान्सरको बढि खतराः स्तनपान सप्ताह

शिक्षा समाचार स्वास्थ्य

जमुना अधिकारी
भक्तपुर, २८ साउन


भक्तपुर हस्पिटलमा अगस्ट १ देखि ७ तारिकसम्म स्तनपान सप्ताहको उपलक्ष्यमा जनचेतनामूलक सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिएको छ । उक्त कार्यक्रम शिक्षिका उषा खनालको नेतृत्वमा चक्रवती नर्सिङ कलेजका वि.एन. दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुद्वारा सञ्चालन गरिएको हो। उक्त कार्यक्रमको प्रमुख उदेश्य भनेको स्तनपान सम्बन्धि जनचेतना जगाउनु हो। साथै स्तनपान स्त्री–स्वास्थ्य र बाल–स्वास्थ्य दुवैको लागि महत्वपूर्ण भएको जानकारी शिक्षिका उषा खनालले बताउनु भएको छ । बच्चा पाएर पनि स्तनपान नगराउने महिला र अविवाहित महिलालाई स्तन क्यान्सर हुने सम्भावना बढि भएकाले सचेतनाका लागि उक्त सप्ताहव्यापी कार्यक्रम गरिएको जानकारी दिएको छ ।


दैनिक जसो ३०० – ५०० सम्म विरामीको आवतजावत हुने र विरामीसँगै आएका साथीहरु गरेर लगभग दैनिक ६००–१००० जनाले स्तापानको जानकारी, महत्व र फाइदाका साथै आवश्यकताका बारे जान्ने मौका पाएका छन्। उक्त कार्यक्रममा, विश्वमा वढ्दो स्तन क्यान्सरको प्राकृतिक रोकथामका रुपमा स्तनपानलाई लिन सकिने तथ्य शिक्षिका उषा खनालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *