मंगलतीर्थदेखि राममन्दिरसम्म सरसफाइ 

विशेष समाचार समाचार स्वास्थ्य
भक्तपुर, १५ असार
भक्तपुर नगरपालिकाले आइतबार भक्तपुर नपा वडा नं. ३ मंगलतीर्थदेखि राममन्दिरसम्म सरसफाइ गरेको छ ।
नगरपालिकाको पाक्षिक सरसफाइअन्तर्गत भएको उक्त सरसफाइ कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले देशैभरि खोला सफाइ चुनौतीको विषय भएको बताउँदै दीर्घकालीन सफाइको निम्ति जनतालाई सचेत बनाउन आवश्यक भएको बताए ।
उनले भक्तपुर नगरपालिकाले हनुमन्त्ते खोला सुधारका कार्यहरुलाई अगाडि बढाइरहेको प्रसंग कोट्याउँदै खुला जग्गा संरक्षण र सम्भावित बाढीबाट जोगिन उपायहरुमा ध्यानमा दिएर काम गरिरहेको बताए ।
वातावरण तथा पर्यटन समितिका संयोजक एवम् भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले सार्वजनिक ठाउँहरु सफा गर्नु नागरिक दायित्व भएको बताउँदै भक्तपुरका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय जनताले स्वयम्सेवी हिसाबले सरसफाइलाई निरन्तरता दिइरहेको बताए ।
भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले स्थानीय जनतालाई सरसफाइबारे चेतना दिन र सचेत बनाउन नियमित सरसफाइ गरिरहेको बताए ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष कुमार चवाल र कार्यपालिका सदस्य सुनिता अवालले पनि बोलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *