सामाजकि विकाश र महिला हिंसा

समाचार स्वास्थ्य

श्रीती खड्का
भक्तपुर,१९ जेठ


नेपाली समाज पुरुषबादी समाज हो । यहाँ हरेक क्षेत्रमा महिलामाथि गरीने भेदभाब कायम नै छ । केही सिमित शहरी क्षेत्रमा बाहेक अभैmपनि अधिकांश क्षेत्रमा नारीहरु शोषित भएर बाँच्न बाध्य छन् । नारीमाथि हरेक दिन दमन, शोषण र पिडादायक यातनाहरु दिईन्छ । यहाँ महिला वर्गलाई तल्लो स्थानमा राखि पुरुषलाई माथिल्लो स्थानमा राख्दछन । घरधन्दा सम्हाल्ने काम महिलाको र बाहिरी काम पुरुषको भनेर आजको युगमा पनी महिलालाई पछाडी पारेका छन । यदि यसैगरी पुरुषलाई प्राथमिकता दिँदै जाने हो भने महिला उत्थान कहिल्यै हुदैन ।
हाम्रो समाज एक पुरुषप्रधान समाज हो । लैंगीक समानतामा महिला र पुरुष विचको जैविक बिबिधतालाई यथावत राखेर पनि उनीहरुका बिच समान हैसियत स्थापना गर्नका लागी आवश्यक पर्ने मुल्यमान्यता, मनोवृत्ति र दृष्टिकोणहरु आवश्यक हुन्छन । तर लंैगिक सवाल लाई हाम्रो समाजमा फरक दृष्टिकोणले हेर्ने प्रवृत्ति व्यापक रुपमा रहेको छ । हरेक समाजको निर्माण हुनको लागी त्यहाँ महिला र पुरुषको भुमीका महत्वपुर्ण रहन्छ । न त कुनै महिलाविना एउटा समाज विकसित हुन्छ न त कुनै पुरुष विनाको समाज हुन्छ । महिला समाजका अभिन्न अंग हुन । हरेक समाजमा एउटा उज्यालो दिप सजाउन महिलाको भुमिका महत्वपुर्ण हुन्छ । यदि महिलालाई नि पुरुष सरह प्राथमिकता दिइने हो भने हाम्रो देश, समाज को स्वरुप नै परिवर्तन हुन्छ ।
हालको परिेप्रेक्षलाई हेर्नुपर्दा महिला वर्गहरु पछाडी परेका मात्र होइनन् पुरुष प्रधान समाजमा उनीहरुको कुनै सम्मान र इज्जत छैनन् जसको कारण आज सामाजिक लैंगिक विभेद व्यापक रुपमा रहेको छ । देश बिकाशका दृष्टिकोणले शिक्षा क्षेत्रमा महिलाहरुको सहभागीताले पुरुषको भन्दा वढी प्रभावकारी भुमीका खेलेको हुन्छ । एउटा महिला शिक्षित भए पुरै परिवार शिक्षित बन्न जान्छ र पुरै पारिवारिक शिक्षा, स्वास्थ्य जस्ता कुराहरुको स्तरिकरणमा महिलाको भुमिका महत्वपुर्ण हुन्छ । तर अर्काको घर जानुपर्छ छोरीलाई पढाउनु हुन्न भनेर छोरीलाई पढायो भने अर्काको घरमा गएर काम गर्दैनन् र दुख पाउँछन् भन्ने धारणाले गर्दा आज कयौँ महिला अशिक्षित छन् । छोरा भयो भने भविष्यमा कमाउछ आमावाबुलाई दागबत्ति दिन्छ भन्ने धारणाले गर्दा जति छोरी भएता पनि छोराको आसले जनसंख्या वृद्धि गरीरहेका छन् जसले समाजमा नकारात्मक असर परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *