श्रीती खड्का
भक्तपुर,१९ जेठ
भक्तपुरबाट करीब २ कि.मी. को दुरीमा आवद्ध श्री पञ्चकन्या माध्यामीक बिद्यालयका पहिलाको तुलनामा हाल बिद्यार्थीको संख्या निकै कम रहेको छ । जसको प्रमुख कारण निजि बिद्यालयप्रति चासो बढ्नु हो । यसरी निजि बिद्यालयको बाहुल्यता बढ्नाले सरकारी बिद्यालयहरु खस्किदै गएका छन् ।
बर्तमान समयमा आएर पनि मानिसहरुमा चेतनाको बिकाश भएको छैन । आजको परिप्रेक्ष्यलाई आड्ढलन गर्दा यहाँका हरेक क्षेत्रमा समस्याले उग्ररुप लिएका छन् । जसमध्ये सरकारी बिद्यालय प्रति आकर्षण घट्नु पनि एक हो । श्री पञ्चकन्या मा.बि. का प्राचार्य सन्तराम दुलाल भने, पहिलाको तुलनामा हाल हाम्रो बिद्यालयमा बिद्यार्थीको संख्यामा निकै कमी आएको छ । यसैबर्ष मात्र यहाँका करीब १० जना जति बिद्यार्थीहरु अन्य निजि स्कुलमा गएका छन् । यसको मुख्य कारण निजि बिद्यालयमा अबिभावक र विद्यार्थीको बढ्दो आकर्षण नै हो । तर आजको हरेक पक्ष र क्षेत्रलाई आड्ढलन गरी हेर्दा निजि स्कुलबाट भन्दा सरकारी स्कुलबाट उत्तिर्ण गर्ने बिद्यार्थीको क्षमता तुलनात्मक रुपमा बढी नै रहन्छ । जनमानसमा निजि बिद्यालयमा पढाउँदा आफ्ना छोराछोरीले प्रगती गर्छन, उनीहरु अङ्ग्रेजिमा बढि नम्बर ल्याउन सक्छन भन्ने धारणामा बृद्धि हुँदै गएको छ । तर अहिलेको परिवेशमा निजि बिद्यालयको तुलनामा सरकारी बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीको नम्बर बढी आउने गर्दछ ।
गलत सोच र विचारले गर्दा आज हरेक अबिभावकको मनस्थितिमा निजि बिद्यालय राम्रो हो भन्ने सोचाई रहेको छ । तर पढ्ने र मेहेनती बिद्यार्थीको लागी कुनै निजि बिद्यालयको आवश्यकता पर्दैन सरकारी बिद्यालयमा पढेर पनि आफ्ना हरेक इच्छा सहज परिपुर्ति गरेर राम्रो अंकमा पास गर्न सक्षम छन ।