साल्ट ट्रेडिङ पोखराबाट आठ करोड कारोवार

पोखरा, २५ पुस  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखराले चालु आर्थिक वर्षको पाँच महीनामा रु आठ करोडको कारोवार गरेको छ । उक्त कार्यालयले सो अवधिमा खाद्य पदार्थ, खाने तेल, नून र चिनीको बिक्री गरी रू ७ करोड ५९ लाख मूल्य बराबरको कारोवार गरेको सो कार्यालयका प्रमुख सुरेशराज भण्डारीले जानकारी गराए । सोमध्ये सबैभन्दा धेरै नूनको कारोवार […]

Continue Reading

शिक्षा आयोग प्रतिवेदन बुझाउँदै

काठमाडौँ, २५ पुस समग्र शिक्षाको दूरगामी दृष्टिकोण निर्माण गरी नेपाल सरकारलाई नयाँ शिक्षा नीति र संरचनासहित समसामयिक सुझाव प्रस्तुत गर्न गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले आफ्नो काम सम्पन्न गरी प्रतिवेदन बुझाउने तयारी गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को गत असार ३२ गतेको निर्णयबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठित सो आयोगले प्रदेशगत र […]

Continue Reading

वन तथा जलाधार व्यवस्थापन नीति पारित

पोखरा, २५ पुस गण्डकी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले वन तथा जलाधार नीति २०७५ पारित गरेको छ । बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले वन संरक्षणका साथै वातावरणीय स्वच्छता कायम गर्न, पहिरो नियन्त्रणलगायतका विषयलाई लक्षित गरी नीति तयार भएको जानकारी दिए । प्रवक्ता बस्नेतका अनुसार सामुदायिक अस्पतालबाट […]

Continue Reading

भारतले ढिलो पानी छाड्दा गहुँखेती प्रभावित

वीरगञ्ज, २५ पुस भारतीय पक्षले गण्डक नहरमा ढिलो गरी पानी छोड्दा पर्सा, बारा तथा रौतहट जिल्लामा यसवर्ष गहुँखेती प्रभावित हुने किसानको गुनासो रहेको छ । भारतीय पक्षले गण्डक नहरमा डिसेम्बर २५ (पुस १०) भित्र पानी छोडी सक्नुपर्नेमा भारतीय पक्षको नहरको मूलढलानमा ढिलो गरी पानी दिएकाले दुई हप्ता ढिलो पानी आएको स्वीकार्दै नारायणी सिँचाइ व्यवस्थापन डिभिजन […]

Continue Reading

गृह मन्त्रालयलाई निर्देशन

काठमाडौँ २५ पुस सङ्घीय संसद्, राज्य व्यवस्था तथा सुशासन समितिले लागुऔषध ओसारपसारसँग सम्बन्धित गतिविधि रोक्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिकोसभा कक्षमा आज बसेको समितिको बैठकले सीमा सुरक्षा, राजश्व चुहावट नियन्त्रण, सीमा अपराध र सङ्गठित अपराध नियन्त्रण गर्न र आतङ्ककारी गतिविधिलाई रोक्न थप मिहेनत र परिश्रमका साथ काम गर्नेतर्फ सशस्त्र प्रहरी बलका सबै […]

Continue Reading

सरकार सांसदप्रति उत्तरदायी भएन : काङ्ग्रेस

काठमाडौँ, २५ पुस प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकार सांसदप्रति उत्तरदायी हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको सुरुआतमै काङ्ग्रेसका सांसद उठेपछि सभामुख कृष्णबहादुर महराले सांसद खाँणलाई बोल्न समय दिइएको थियो । सांसद खाँणले प्रतिनिधिसभा नियमावलीमा सभामुखको अनुमतिले प्रधानमन्त्री तथा मन्त्रीले सार्वजनिक वक्तव्य दिइसकेपछि सांसदले समय माग गरेर प्रश्न गर्न पाउने […]

Continue Reading

चिकित्सा शिक्षा विधेयक समितिद्वारा पारित

काठमाडौँ, २५ पुस राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ लाई प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकले बहुमतबाट पारित गरेको छ । समितिका उपस्थित १८ सदस्यमध्ये १४ जना सदस्य विधेयकको पक्षमा र बाँकी चार जना विपक्षमा रहेका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सदस्यले विधेयकको विपक्षमा आफ्नो मत राखेका थिए । सङ्घीय संसद्, प्रतिनिधिसभा नियमावली […]

Continue Reading

बिपी सङ्ग्रहालय र पुष्पलालको जन्मघर संरक्षण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ, २५ पुस राष्ट्रियसभाको आजको बैठकमा पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको सङ्ग्रहालय र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्मघरको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । बैठकको विशेष समयमा सांसद दीनानाथ शर्माले सुन्दरीजलमा रहेको विश्वेश्वरप्रसाद कोइरालाको सङ्ग्रहालय कुनै व्यवस्थित नभएको र पुष्पलालको जन्मस्थल रामेछापको भँगेरीमा रहेको घरसमेत भूकम्पले भत्किएपछि पुनःनिर्माण हुन नसकेको प्रति सरकारको […]

Continue Reading

चरा गणना शुरु

चितवन, २५ पुस  चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत रहेका संरक्षित क्षेत्रमा मङ्गलबारदेखि चरा गणना शुरु भएको छ । विश्वभर चरा गणना हुने कार्यक्रमअन्तर्गत यहाँ पनि चरा गणना थालिएको हो । चराविद् चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको नदी, तालतलैया, सीमसार क्षेत्रमा पानी आश्रित चरा गणना गर्न लागेका हुन् । चराविद् टीका गिरीका अनुसार हरेक वर्ष जनवरी शुरु भएपछि विश्वभर […]

Continue Reading

बालविवाह विरुद्धको अभियानमा किशोरी

बैतडी, २५ पुस  बालविवाहका कारण महिलाले थुप्रै किसिमका हिंसा खेप्नुपरेको भन्दै बैतडीका किशोरी बालविवाहविरुद्धको अभियानमा जुटेका छन् । बालविवाहका कारण महिला तथा किशोरीहरुले थुप्रै खालका हिंसा खेप्नु परेकाले आफूहरु बालविवाह विरुद्धको अभियानमा जुटेको किशोरीहरुले बताएका छन् । जिल्लाका विभिन्न ठाउँमा गठन भएका किशोरी किशोरी वृत्त आवद्ध किशोरी बालविवाह न्यूनीकरण अभियानमा लागेका हुन् । बैतडीमा ५७ […]

Continue Reading