भनपा वडा नं .९ स्थित पाली फः फल्चा उद्घाटन

न्यूज अपडेट संवाददाता भक्तपुर, १६ साउन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको आर्थिक सहयोगमा भनपा ९ साकोलानस्थित पुनःनिर्मित पालि फः फल्चाको बुधबार एक कार्यक्रमबीच रिबन काटेर समुद्घाटन भएकाे छ । कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख प्रजापतिले उपभोक्ता समितिमा बसी काम गर्ने सबैमा धन्यवादज्ञापन गर्दै भक्तपुर नपाले कसैको सहयोगविना आफ्नै बलबलुत्तामा यहाँका सम्पदा पुनःनिर्माण कार्यलाई […]

Continue Reading

आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक [पूर्णपाठ]

न्यूज अपडेट संवाददाता काठमाडाैं, १२ साउन नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ। गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार चालु आवको पहिलो मौद्रिक नीति सार्वजनिक गरेका हुन्। नेपाल राष्ट्र बैंकले अबका दिनमा लचकतातर्फ जाने स्पष्ट संकेत गर्दै मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिले गरेका प्रमुख व्यवस्थालाई १४ बुँदामा यसरी […]

Continue Reading

केही परिवारले शव बुझे, केहीले मानेनन्

न्यूज अपडेट संवाददाता काठमाडाैं, १२ साउन त्रिवि शिक्षण अस्पताल, फरेन्सिक विभाग विमान दुर्घटना ज्यान गुमाएका आफन्तले भरिएको छ । बिहानैदेखि विभाग अगाडि जम्मा भएका उनीहरू कहिले पोस्टमार्टम सकिन्छ भन्न मात्र कुरिरहेका थिएनन्, सरकार र विमान कम्पनीबाट कोही आएका छन् कि भनेर खोजिरहेका थिए । करिब चार बजे पोस्टमार्टमको सबै प्रक्रिया सकियो । फरेन्सिक विभागले १४ […]

Continue Reading

सौर्य र नियामकको गम्भीर लापरबाहीले ठूलो मानवीय क्षति

न्यूज अपडेट संवाददाता काठमाडाैं, ९ साउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बिहान पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज धावनमार्ग छाड्नासाथ भयानक दुर्घटनामा पर्‍यो । क्याप्टेन मनिष शाक्यबाहेक सबै १८ जनाको मृत्यु भयो । शाक्यलाई जीवितै उद्धार गरी अस्पताल लगियो । त्रिभुवन विमानस्थल धावनमार्गको ‘जिरोटु’ (कोटेश्वरपट्टि) बाट ‘टुजिरो’ (बौद्धपट्टि) कुदेर उडेको २० देखि २२ सेकेन्डमै जहाज धावनमार्गको […]

Continue Reading

‘बजार चलायमान बनाउने’ मौद्रिक नीति तयार, पारित गर्न शुक्रबार बोर्ड बैठक

न्यूज अपडेट संवाददाता काठमाडाैं, ४ साउन अर्थतन्त्रमा सुस्तीको समस्या देखिइरहेको अवस्थामा ‘बजार चलायमान बनाउने’ मौद्रिक नीतिको मस्यौदा नेपाल राष्ट्र बैंकले तयार गरेको छ । आगामी मौद्रिक नीतिको अन्तिम तयारीबारे राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री विष्णु पौडेललाई बिहीबार ब्रिफिङ गरेका छन् । राष्ट्र बैंक व्यवस्थापन समिति बैठकमा मौद्रिक नीतिबारेको छलफल सकिए लगत्तै बिहीबार १ बजे […]

Continue Reading

भक्तपुर बचतमा कर्मचारी बधाई, बिदाई तथा सपथ ग्रहण

न्यूज अपडेट संवाददाता भक्तपुर, १ साउन भक्तपुर बचत तथा ऋण सहकारी संस्थाले मंगलबार अवकाश प्राप्त कर्मचारीलाई विदाई तथा नवनियुक्त कर्मचारीलाई सपथ ग्रहण कार्यक्रम गरेको छ । कार्यक्रममा संस्थाका सल्लाहकार लक्ष्मीनारायण दुवालले अवकाश प्राप्त सुरक्षागार्ड गंगाराम गिरीलाई दोसल्ला ओढाई दीर्घसेवा कदर पत्रका साथ सम्मान गर्दै १० वर्षसम्म निरन्तर निःस्वार्थ र इमानदारीपूर्वक संस्थामा सेवा गरेको बताए । […]

Continue Reading

भनपा ९ मा भ्रष्टाचार विरोधी आन्दोलन दिवस मनाइयाे

न्यूज अपडेट संवाददाता भक्तपुर, ३० असार नेपाल मजदुर किसान पार्टी ९ वडा सूर्यमढी प्रा.स.को आयोजनामा शनिवार भ्रष्टाचार विरोधी आन्दोलन दिवस मनाएको छ । वि.सं. २०२५ श्रावण २ र २०२६ असार १९ गते भक्तपुरमा तत्कालीन नवदुर्गा बहुमुखी सहकारी संस्थाका पदाधिकारीहरुले जनताबाट उठाइएका पैसालाई दुरुपयोग गरी भ्रष्टाचार गरेकालाई जनताले उल्टो टोपी लगाई नगर परिक्रमा गरी कारवाही गरेको […]

Continue Reading

धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपतिको आह्वान

न्यूज अपडेट संवाददाता काठमाडाैं, २८ असार राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् । उनले संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधि सभाको दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेस गर्न ७२ घन्टा समय दिएका हुन् । संसद्को दुई ठूला दलबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको […]

Continue Reading

अन्धाधुन्ध खनिएको ग्रामीण सडकले सिमलतालमा पहिरो खसेको शंका 

न्यूज अपडेट संवाददाता काठमाडाैं, २८ असार जारी मनसुनयाम प्रारम्भ हुनुअगाडि भरतपुर डिभिजन सडक कार्यालयले नारायणगढ–मुग्लिन सडकखण्डको २५ स्थानमा पहिरोको जोखिम रहेको बताएको थियो । कार्यालयले चार स्थानमा उच्च र सात स्थानमा कम जोखिम रहेको भन्दै विवरण सार्वजनिक गरेको थियो । उच्च जोखिम रहेका स्थानमा मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्र थियो । […]

Continue Reading

बाढी प्रभावितलाई महाकाली अस्पतालमा निःशुल्क उपचार गरिने

न्यूज अपडेट संवाददाता कन्चनपुर, २५ असार कञ्चनपुरका बाढी प्रभावितलाई महाकाली प्रादेशिक अस्पतालले निःशुल्क उपचार गर्ने भएको छ। बाढीमा परेर घाइते र प्रभावित क्षेत्रका बिरामी हुने नागरिकको अस्पतालले निःशुल्क उपचार गर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले जानकारी दिए। स्वास्थ्य समस्या देखिए तत्काल अस्पतालमा ल्याई उपचारमा सहयोग गरिदिनसमेत उनले आग्रह गरे। ‘बाढीमा परेर चोटपटक वा बिरामी […]

Continue Reading