भक्तपुर बचतले गरे बाल वनभोज र पापड बनाउने तालिम

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, २२ पुस

 

भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को खेलकुद उपसमितिको आयोजनामा बाल बचतकर्ताहरुबीच शनिवार ठूली ब्रह्मायणी परिसर सुडालमा बाल वनभोज कार्यक्रम भएको छ ।
एक सय २६ जना बाल बचतकर्ताहरुले भाग लिएको उक्त कार्यक्रममा बाल मैत्री विभिन्न खेलहरुको प्रस्तुति रहेको थियो ।

त्यस्तै उक्त संस्थाको व्यवसाय प्रबद्र्धन उपसमितिको आयोजनामा आइतबारदेखि तीन दिने पापड बनाउने तालिम सुरु भएको छ । कार्यक्रममा उपसमितिका संयोजक तारादेवी धन्छाले महिलाहरुबीच उद्यमशीलताको विकास आवश्यक भएको औंल्याए । प्रशिक्षक उदया शर्माले तालिम दिएको उक्त कार्यक्रममा उपसमितिका सदस्य शमशेर प्रजापतिले पनि बोलेको थियो । तालिममा २४ जना सहभागी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *