जाजरकोटमा चिसोको कारण २९ जनाको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेटसंवाददाता
भक्तपुर, २७ मंसिर

भूकम्पपछि मात्रै जाजरकोटमा चिसोको कारण २९ जनाको मृत्यु भएको छ। जाजरकोटको छेडागाड नगरपालिकामा त्रिपालमुनि बस्दै आएकी थप एक महिलाको मृत्यु भएको छ।

छेडागाड नगरपालिका–११ झाप्राका ५८ वर्षीया कलशी उपाध्यायको चिसोका कारण मंसिर २५ गते मृत्यु भएको नगरपालिका उपप्रमुख चन्द्र थापाले बताए। यससँगै मृृत्यु हुनेको संख्या २९ पुगेको छ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले धेरैलाई घरबारविहीन बनाएको छ। केही घर पूर्णरुपमा भत्किएका छन् भने अधिकांश घर चर्किएका छन्। घर चर्किएपछि खुला आकाशमुनि रात बिताउनुपर्ने बाध्यता छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *