भक्तपुरका किसानलाई धान भित्र्याउने चटारो

समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, २ कार्तिक

भक्तपुरका खेतीयोग्य जमिनमा धान पहेंलो भएको छ । गत वर्षकोभन्दा यस वर्ष धान दसैँअघि नै भित्रयाउनुपर्ने भएकाले किसान खेतमा व्यस्त छन् । दसैँअघि नै धान भित्र्याउनु परेकाले किसानले कात्तिक सुरु हुनेबित्तिकै धान काट्न सुरु गरेका छन् ।

यसवर्ष पानी धेरै परेकाले गत वर्षकोभन्दा धान उत्पादनमा कमी आएको किसानको भनाइ छ । समयमै मल प्राप्त गर्न नसकेकाले बर्सेनि उत्पादनमा कमी आएको किसानको गुनासो छ । धानमा मल चाहिएका बेलामा बजारमा मलकाे अभावको समस्या किसानले बर्सेनि झेल्दै आएका छन् ।

धान भित्र्याउने समयमा पानी र असिनाले धान सखाप पार्छ कि भन्ने चिन्ता भएकाले धान भित्र्याउन थालिएको किसानले बताए ।

पानी धेरै पर्नु, समयमा मल हाल्न नपाउनुलगायत कारणले यस वर्षको उत्पादनमा कमी आएको किसानहरु बताउँछन् । ‘खेती गर्ने किसानले समयमै मल पाउँदैनन्। किसानका लागि अन्य सेवासुविधा पनि छैन । त्यस कारणले पनि बर्सेनि उत्पादन घट्दै आएको पाइन्छ । दसैँअघि धान भित्र्यापछि ढुक्कले दसैँ मनाउन पाउने किसान बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *