विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर प्रवेश गर्ने पहिलो पर्यटकहरूलाई स्वागत

न्यूज अपडेट संवाददाता भक्तपुर, १० असोज भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर भ्रमणमा आएका विदेशी पर्यटकहरूको पहिलो समूहलाई ४४ औं विश्व पर्यटन दिवसको अवसरमा असोज १० गते बिहान भक्तपुर दरबार क्षेत्रको खौमा ध्वाकामा खादा, भादगाउँले टोपी, परम्परागत थैली र पुष्पगुच्छाका साथ स्वागत गरेको छ । ‘पर्यटन र हरित लगानी’ मूल नाराका साथ भक्तपुर नगरपालिका र […]

Continue Reading

युवाहरूलाई बिचल्लीमा पार्ने म्यानपावर कम्पनी पनि दलाल

न्यूज अपडेट संवाददाता माेरंग, ९ असाेज नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग देशको समसामयिक विषयमा नेमकिपा मोरङको आयोजनामा एक भेलाबिच अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएकाे छ । कार्यक्रममा अध्यक्ष रोहितले देश अप्ठ्यारो स्थितिमा पुगेको प्रति चिन्ता व्यक्त गर्दै हिन्द–प्रशान्त रणनीति, एमसीसी र एसपीपीसँगै देशलाई नाटोसँग संलग्न बनाउँदै युद्धमा फसाउने खतरा औँल्याए। “संरा […]

Continue Reading

वागीश्वरी माविमा डिप्लोमा तहका नव–आगन्तुक विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम

न्यूज अपडेट संवाददाता भक्तपुर, ८ असाेज वागीश्वरी माध्यमिक विद्यालय टेक्स कार्यक्रमअन्तर्गतको आयोजनामा डिप्लोमा तहका नव–आगन्तुक विद्यार्थीहरूको आइतबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा वागीश्वरी माविका विद्यालय व्यवस्थापन समितिका सदस्य एवं पूर्व प्रअ मोहनप्रसाद प्रजापतिले देशकै नमुना विद्यालयको रूपमा ख्यातिप्राप्त वागीश्वरीका विद्यार्थीहरू इमानदार र मेहनती रहेको बताए। प्राविधिक शिक्षा नै देश विकासको एकमात्र माध्यम भएको […]

Continue Reading

“नेपालमा रहेका सबै भाषा र संस्कृति नेपाल राष्ट्रकै निधि हुन्”-विजुक्छेँ

न्यूज अपडेट संवाददाता झापा, ८ असाेज नेपाल मजदुर किसान पार्टी र देशभक्त समाजवादी मोर्चाको आयोजनामा पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) को आतिथ्यमा ‘समाज विकासको एक झलक’ र ‘युक्रेनमा नवनाजीवाद’ पुस्तकबारे अन्तरक्रिया कार्यक्रम आइतबार झापाको दमकमा सम्पन्न भएकाे छ। कार्यक्रममा अध्यक्ष रोहितले नेपालको विकासमा भारतीय एकाधिकार पुँजी र भारतीय विस्तारवाद मुख्य बाधक रहेको बताए। […]

Continue Reading

वागीश्वरी कलेजमा ई–लाइब्रेरी रिसोर्सेसको प्रयोगबारे अभिमुखीकरण

न्यूज अपडेट संवाददाता भक्तपुर, ४ असोज वागीश्वरी कलेजको आयोजनामा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको प्राविधिक सहयोगमा कलेजमा कार्यरत शिक्षक तथा विद्यार्थीहरुको लागि ई–लाइब्रेरी रिसोर्सेसको प्रयोगबारे अभिमुखीकरण कार्यक्रम बिहीवार सम्पन्न भएको छ । कार्यक्रममा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका अधिकृत विजय शर्माले ई–लाइब्रेरीको परिचय, आवश्यकता र महत्वमाथि प्रकाश पार्दै २१ औं शताब्दीलाई पेपरलेस गर्दै अगाडि बढ्ने कल्पनालाई पूरा […]

Continue Reading

भक्तपुर बचतले दिए लेखा तथा धिमे बाजा प्रशिक्षण

न्यू्रज अपडेट संवाददाता भक्तपुर, ४ असोज भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा बुधबार एकदिने लेखापालन तथा लेखा परीक्षण तालिम सम्पन्न भएको छ । साथै संस्थाको सांस्कृतिक उपसमितिको आयोजनामा भएको धिमे बाजा प्रशिक्षण तालिमको बिहीबार समापन भयो । लेखापालन तथा लेखापरीक्षण तालिममा प्रशिक्षार्थीलाई प्रमाण पत्र वितरण गर्दै संस्थाका अध्यक्ष बलराम प्रजापतिले संस्थाको लेखा नीति […]

Continue Reading

वागीश्वरीमा मनाइयो आठौं संविधान दिवस

न्यूज अपडेट संवाददाता भक्तपुर, २ असोज आठौं संविधान दिवसको अवसरमा वागीश्वरी माध्यमिक विद्यालय कक्षा १२ को कानुन समूहको आयोजनामा मंगलबार ‘नेपालको संविधान २०७२ विषयक अन्तरक्रिया गरी मनाइयो । कार्यक्रममा वागीश्वरी मा.वि.का प्रधानाध्यापक कृष्ण प्रसाद धन्छाले देशको मूल कानुन संविधानबारे सबै विद्यार्थीहरुले जानकारी राख्नुपर्ने बताए । उनले विद्यार्थीहरुले नेपालको संविधानको गहिराइमा गई अध्ययन र प्रस्तुतीकरण गर्नु […]

Continue Reading

१०३ प्रतिजैविक औषधि प्रयोग नगर्न विभागको निर्देशन

न्यूज अपडेट संवाददाता काठमाडाैं, १ असाेज सरकारले एक सय तीन प्रकारका प्रतिजैविक प्रतिरोध (एन्टीबायोटिक) औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ । औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रतिजैविक प्रतिरोध औषधिको प्रयोगलाई न्यूनिकरण गर्न र रोकथाम तथा नियन्त्रण गर्नका लागि प्रयोगमा नल्याउन निर्देशन दिएको बताए । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले पनि ती औषधिको […]

Continue Reading

चिकित्सक संघ र सरकारबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

न्यूज अपडेट संवाददाता काठमाडाैं, १ असाेज नेपाल चिकित्सक संघ र सरकारबीच ६ बुँदे सहमति भएको छ। यो सहमतिसँगै संघले सार्वजनिक गरेका आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ। सहमतिमा उक्त घटनामा संलग्नलाई स्वास्थ्यसंस्था तथा स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी ऐनअनुसार कारबाही गर्ने, घटनामा संलग्न भएको आरोपमा पक्राउ पुर्जी जारी भएका अन्य पाँच जनालाई पक्राउ गर्ने लगाएत उल्लेख छ। हेटौंडास्तिथ सञ्चो […]

Continue Reading

बीसवर्षे गाडी विस्थापन गर्ने नीति गलतः प्रमुख प्रजापति

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३१ भदाै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बीसवर्षे गाडी विस्थापन गर्ने नीति गाडी कम्पनी र एजेन्टहरूलाई पोस्ने गलत नीति भएको भन्दै त्यसको विरोध गरेकाे छ। सङ्घीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को बिहीबार बसेको पहिलो बैठकमा उनले नेपालमा गाडी निर्माण गर्ने कुनै कारखाना र मर्मतका कच्चा पदार्थसमेत उत्पादन हुँदैन भनी जोड […]

Continue Reading