सिद्धि कृषिमा धानबाली रोगसम्बन्धी अन्तरक्रिया

विज्ञान/प्रविधि विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, २६ साउन

सिद्धि कृषि सहकारी संस्था लिमिटेडले शुक्रबार कृषकहरुबीच धानबाली रोग सम्बन्धी अन्तरक्रिया गरेको छ । संस्थाको शिक्षा उपसमिति र विउविजन उपसमितिको संयु्क्त आयोजनामा भएको उक्त कार्यक्रममा एवं राष्ट्रिय किट विज्ञान महाशाखाका धानबाली विज्ञ डा नरेश डाँगीले रोगको पहिचान गरी निराकरण गर्न सकिने बताए । उनले धानबालीका विभिन्न भागमा हुने संक्रमण पहिचान गरी त्यसैअनुसार उपचार पद्धतीबारे किसानहरुलाई रायसुझाव दिएको थियो । ३० जना स्थानीय किसानहरुले सोधेको प्रश्नको जवाफ दिँदै डा डाँगीले धानबालीमा रोगै लागेमा विज्ञको सल्लाहमा मात्र विषादीको प्रयोग गर्नुपर्ने बताए ।

संस्थाका अध्यक्ष पुण्यराम दुमरुले हाइब्रिड विउको प्रयोगसँगै देखिएको रोगको पहिचान गरी समाधानका उपायबारे जानकारी प्रदान गर्न र कृषि उत्पादन वृद्धि गर्न लागत कम गर्न यस्तो अन्तरक्रियाको महत्व रहने बताए ।

कार्यक्रममा खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रका विज्ञ भिमसेन चौलागाई, राष्ट्रिय बाली रोग विज्ञान महाशाखाक विज्ञ प्रतिक्षा शर्मालगायतले बाली रोग पहिचान र त्यसको समाधान गर्ने तरिका बताएका थिए ।

चन्द्रमान सुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा सूर्यलक्ष्मी कर्माचार्यले पनि बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *