विपन्न बिरामीका लागि सबै अस्पतालमा दश प्रतिशत शय्या छुट्याउन काठमाडौं महानगरको निर्देशन

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता

काठमाडाैं, ७ जेठ

 

काठमाडौं- काठमाडौं महानगरपालिकाले उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको दश प्रतिशत शय्या छुट्याइ नि:शुल्क उपचार गर्न सम्पूर्ण अस्पताल तथा स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।

महानगर अन्तर्गतको स्वास्थ्य विभागले सूचना जारी गर्दै महानगरपालिका क्षेत्रभित्रका केन्द्र, प्रादेशिक स्थानीय सबै प्रकृतिका स्वास्थ्य संस्थालाई उक्त निर्देश्न दिएको हो।

साथै  स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकमी र अन्य कर्मचारीहरुको प्रचलित कानुनले ताकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने, स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन गर्ने अस्पताल भित्र रहेका क्यान्टिनमा खाद्य गुणस्तर कायम गर्ने, अनावश्यक प्रयोगशाला परीक्षणको लागि सिफारिस नगर्न  पनि भनेको छ।
No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *