ख्वप अस्पतालमा शल्यक्रियाबाट पहिलो प्रसुती सेवा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता
भक्तपुर, ४ जेठ


भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको प्रसुती सेवाअन्तर्गत ३८ वर्षीय महिलाले आज दिनको १२ः४० मा ३.१८ केजीको स्वस्थ छोरालाई जन्म दिएको अस्पताल स्रोतले जनाएको छ । ख्वप अस्पतालले पहिलोपटक आज शल्यक्रियाबाट प्रसुती सेवा प्रदान गरेको हो ।
बिहीबार भक्तपुर नपा वडा नं. ७ गोल्मढीका एक महिलालाई शल्यक्रियामार्फत प्रसुती सेवा प्रदान गरिएको ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर मजेशप्रताप मल्लले जानकारी दिए ।

उनले भने, ख्वप अस्पतालमा प्रसुती सेवा सञ्चालन भएसँगै धेरै महिलाहरुलाई सजिलो हुने भएको छ । प्रसुतीको लागि अन्य अस्पतालमा जानुपर्ने बाध्यताको अन्त्य भएको बताउँदै उनले यो सेवालाई अझ सुविधायुक्त बनाउँदै लाने योजना रहेको बताए ।

उनका अनुसार डा. युजिन श्रेष्ठ र डा. कृष्णप्यारी दुगुजुको संयुक्त स्वास्थ्यकर्मीको टीमले शल्यक्रिया गरेको थियो भने शल्यक्रियामा एनेस्थेसियोलोजिस्ट डा. सन्देश ख्वान्जु, बाल रोग विशेषज्ञ डा. विजय चिकंबन्जार, स्टाफ नर्सहरू रबिना कवां, गीता सुवाल, सोनी जोशी र रिचा कोजुलगायतका स्वास्थ्यकर्मी र चिकित्सकको टोली खटेका थिए ।

ख्वप अस्पताल सञ्चालनको २ वर्ष पुगेको अवसरमा अस्पतालले २०८० वैशाख १७ गतेबाट प्रसुति सेवा विस्तार गरेको थियो । ख्वप अस्पतालले यो अवधिमा १४ वटा मेजर सर्जरी र ४१ वटा माइनर सर्जरी गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *