
कोइला बालेर झ्याल ढोका बन्द गरेर सुतेका चार जना बेहोस भएका छन्। शुक्रबार राति कोटेश्वरस्थित आफ्नो कोठामा कोइला बालेर झ्लाल ढोका बन्द गरेर सुतेका उनीहरु बेहोस भएका हुन्।
बेहोस भएकाहरुमध्ये तीन जनाको बानेश्वरस्थित सिभिल अस्पतालमा र एक जनाको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दिनेशराज मैनालीले बताए।
बेहोस हुनेहरुमा ९० वर्षीया छलमाया खत्री, ७० वर्षीय सिलमाया कटुवाल, २४ वर्षीय प्रमिला खत्री र ३५ दिनका शिशु श्रीयाल खड्का छन्। उनीहरुको आइसीयूमा राखेर उपचार भइरहेको छ।