काठमाडाैं, १६ साउन
विद्यालय तहबाट नै बालबालिकालाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देशले सुरु भएको विद्यालय नर्स कार्यक्रम थप विस्तार हुने भएको छ। चालु आर्थिक वर्षमा देशका विभिन्न २५ स्थानीय तहका विद्यालयमा नर्स राख्ने कार्यक्रम लागू हुँदैछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकालेको स्थानीय तह कार्यक्रम मार्ग निर्देशन अनुसार यो वर्ष २५ वटा स्थानीय तहका २३२ विद्यालयमा नर्स नियुक्त हुनेछन्। मन्त्रालयका अनुसार बागमती प्रदेश र प्रदेश १ का धेरै विद्यालयमा यसअघि नै विद्यालय नर्स कार्यक्रम सञ्चालनमा आइसकेकाले यो वर्ष बाँकी रहेका पाँच वटासहित प्रदेश १ का १० वटा विद्यालयमा कार्यक्रम विस्तार गर्न लागिएको हो।
यो वर्ष मधेश प्रदेशका ४ वटा स्थानीय तहका ३८ विद्यालय, गण्डकी प्रदेशका ४ वटा स्थानीय तहका ३० विद्यालय, लुम्बिनी प्रदेशका ५ स्थानीय तहका ४६, कर्णाली प्रदेशका ७ स्थानीय तहका ७०, सुदूरपश्चिम प्रदेशका ४ स्थानीय तहका ३८ विद्यालय र प्रदेशको १ को एक स्थानीय तहको १० वटा विद्यालयमा यस वर्ष वर्षदेखि विद्यालय नर्स कार्यक्रम सुरु हुनेछ।
एक विद्यालय एक नर्स कार्यक्रम तत्कालीन स्वास्थ्य मन्त्री गगन थापाले सुरु गरेका थिए। उनले उक्त कार्यक्रम सुरु गर्नुको मुख्य दुई उद्देश्य थियो।
एक, विद्यालय तहबाटै बालबालिकालाई स्वस्थ्य जीवनशैली अपनाउन प्रेरित गर्ने।
दोस्रो, विद्यालयमै आइपर्ने स्वास्थ्य समस्या समाधान गर्ने।
उक्त कार्यक्रमलाई सबैभन्दा पहिले बागमती प्रदेशले सुरु गरेको थियो। १३ जिल्लाका २० सामुदायिक विद्यालयमा पाइलट प्रोजेक्टका रुपमा सुरु भएको थियो।
यी हुन् यो विद्यालय नर्स कार्यक्रम थप हुने २५ स्थानीय तह