थप २२७ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

काठमाडाैं, २३ भदाै

पछिल्लो २४  घण्टामा देशभर २२७ जना कोरोना संक्रमित थपिएका छन्। सोही अवधीमा थप १६८ जना निको भई डिस्चार्ज भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जारी गरेको विवरण अनुसार  ४ हजार ४०१ नमुना परीक्षण गर्दा २२७ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४७३  रहेको छ।  पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *