१६३ जनामा कोरोना पुष्टि, २४३० सक्रिय संक्रमित 

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, २५ भदाै
पछिल्लो २४ घण्टामा १६३ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको १ हजार ७१८ पीसीआर र २ हजार २८ जनाको एन्टीजेन परीक्षणका क्रममा १६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा १३० जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ९८ हजार ६५४ पुगेको छ। उक्त अवधिमा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। देशभर हाल २ हजार ४३० जना सक्रिय संक्रमित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *