भक्तपुर साकोसमा मादल तथा भ्वाइलेन तालिम सम्पन्न

अर्थ/वाणिज्य कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, ३१ साउन


भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को सांस्कृतिक उपसमितिको आयोजनामा सन्चालित ३ महिने मादल तालिम तथा छ महिने बेला बाजा तालिमको प्रमाण पत्र वितरण कार्यक्रम विहिबार सम्पन्न भएको छ ।

कार्यक्रममा बागमती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले सांस्कृतिक विधा भनेको कर्णप्रिय हुन्छ, संगित एक मात्र यस्तो विधा हो जसले सबै भन्दा पहिला सबै प्राणीहरुको ध्यानाकर्षण गर्दछ र यसको मिठो धुनले कानलाई मात्र होइन मनलाई पनि छुने गर्दछ भनी बताए । कोरोना माहामारीको समयमा संगीतकर्मीहरु बढी सुरक्षित रहेको जसको कारण लकडाउनको समयमा रोगसंग विचलित नभई बाद्यबादन जस्ता साधनहरु घरमै बसेर बजाएर आफ्नो मनलाई नियन्त्रण गरेका थिए, त्यसैले गकष्अ ष्क ःभमष्अष्भलू को रुपमा पनि लिन सकिन्छ भनी उनले बताए । आजको समयमा सांस्कृतिक विधालाई मात्र होइन आफ्नो मातृभाषालाई समेत जोगाउनुपर्ने र नयाँ पुस्तालाई बोल्न अनि लेख्न सिकाउँदै जानुपर्ने समेत उलने बताए ।

संस्थाका अध्यक्ष बलराम प्रजापतिले भक्तपुर बचत तथा ऋण सहकारी संस्थाले आर्थिक कारोबारलाई मात्र हैन साँस्कृतिक स्तरलाई माथि उकास्नको लागि विगत एक दशक अगाडि धिम्मे बाजा प्रशिक्षण दिएको र हालसम्ममा धैरै पटक बाँसुरी बाजा तालिम, बेला बाजा तालिम र मादल तालिम दिएर यसलाई निरन्तरता दिँदै आएको बताए । उनले आगामी दिनहरुमा पनि हाम्रो कला र संस्कृतिलाई जोगाई राख्न संस्थाले धाँ बाजा, पछिमाय्, पाेंंगा र सारंगी जस्ता लोपोउन्मुख हुन लागेका सांस्कृतिक विधाहरुमा नयाँ पुस्ताहरुलाई तालिमहरु दिई हस्तान्तरण गर्दै जाने बताए ।

प्रशिक्षक रवि कपालीले भक्तपुर आफै एउटा कला, संस्कृति र संस्कारले भरिपूर्ण रहेको र यहाँको मुर्त तथा अमुर्त कलाले गर्दा नेपालमा मात्र हैन विश्व सामुने चिनिएको छ तर आज हाम्रो कतिपय संस्कृतिहरु नयाँ पुस्तामा हस्तान्तरण गर्न नसक्दा हराउँदै गइराखेको बताए । भक्तपुर बचत तथा ऋण सहकारी संस्थाले यस्ता लोपोउन्मुख सांस्कृतिक विधाहरुलाई संरक्षण गर्न तालिमहरु निरन्तर रुपमा सञ्चालन गर्दै आइरहेको हुँदा संस्थाले सांगितिक विधामा विश्वविद्यालयको वातावरण बनाइरहेको समेत उनले बताए ।

४२ जना बेला तालिमका प्रशिक्षार्थीहरु र २९ जना मादल तालिमका प्रशिक्षार्थीहरु सहभागी भएको उक्त कार्यक्रममा सञ्चालक सदस्य एवं सांस्कृतिक उपसमितिका संयोजक नारायणी खोंजु, प्रशिक्षक रोशन भासिमा, प्रशिक्षार्थी गोपाल कृष्ण प्रजापति, पंचरेखा प्रजापति र सांस्कृतिक उपसमितिका सदस्य दिल बहादुर कासिछ््वाले पनि बोलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *