न्यूज अपडेट संवाददाता
काठमाडाैं, २ भदाै

स्वास्थ्य मन्त्रालयका अनुसार २०८२ जनाको पीसीआर परीक्षण गर्दा २२४ जना र २८४८ जनाको एन्टिजेन परीक्षण गर्दा ३१८ जनामा संक्रमण देखिएको छ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार २६५ पुगेको छ। पछिल्लो २४ घण्टामा ४२१ जना संक्रमणमुक्त भएका छन्। यो अवधिमा कसैको मृत्यु भएको छैन।