एउटै विद्यालयका २६ विधार्थीलाई कोरोना संक्रमण

समाचार

न्यूज अपडेट संवाददाता

मुगु, २० साउन

मुगमा एउटै विद्यालयका २६ जना विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। मुगुमकार्मारोङ गाउँपालिकाको पुलुमा रहेको नेपाल राष्ट्रिय आधारभूत आवासीय विद्यालयमा अध्ययनरत २६ जना विद्यार्थीमा कोरोना भाइरस पुष्टि भएको जन स्वास्थ्य निरिक्षक बलि बहादुर बुढाले जानकारी दिए।

२ जना बिरामि विद्यार्थी बोकेर स्वास्थ्य चौकिमा उपचार गर्न ल्याउदा सङ्का लागेपछि परीक्षण गरिएको थियो।  त्यसपछि सम्बन्धित विद्यालयमा नै गयर एन्टिजिन परिक्षण गर्दा  २ दिनमा २६ जना एउटै विद्यालयका विद्यार्थी सक्रमित भएको  जनस्वास्थ्य निरीक्षक बुढाले जानकारी दिए।

संक्रमितहरुलाई सोहि विद्यालयको आईसोलेसमा राखियको छ। उनीहरुको अवस्था सामान्य छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *