नाक, कान र घाँटी रोगका विशेषज्ञ चिकित्सकहरुको दक्षिण एसियाली क्षेत्रीय सम्मेलन काठमाडौंमा सुरु

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, १३  जेठ

नाक, कान र घाँटी रोगका विशेषज्ञ चिकित्सकहरुको दक्षिण एसियाली क्षेत्रीय सम्मेलन काठमाडौंमा सुरु भएको छ।

सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारी  शुक्रबार उद्घान गरेकी छन्। उद्घाटन सत्रमा राष्ट्रपति भण्डारीले विज्ञहरु सहभागी सम्मेलनबाट नाक, कान र घाँटी रोगको उपचारको क्षेत्रमा ज्ञानको अभिवृद्धि गर्ने बताइन्।

उनले सम्मेलनमा हुने छलफलबाट नाक, कान तथा घाँटी रोगको निदान,उपचार एवं विकास भएका नविनतम प्रविधिहरुको बारेमा थप अवगत हुने र आपसी सीप साटासाट हुने विश्वास व्यक्त गरीन्। भोलिसम्म चल्ले सम्मेलनमा अमेरिकासहित सार्क राष्ट्रका करीब ५ सया विशेषज्ञहरुको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ।

छलफलबाट नाक, कान, घाँटी रोगको उपचार विस्तारका लागि गर्नुपर्ने काम, प्रयोग गर्नुपर्ने प्रविधि जनशक्ति लगायतका विषयमा छलफल हुने छ। सम्मेलनमा १२० वटा कार्यपत्र प्रस्तुत हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *