स्काभेटरमाथि आगजनी

समाचार

रौतहट २४ पुस

रौतहटको गुजराको सिमरी टोलको सडक निर्माणमा प्रयोग हुँदै आएको स्काभेटरमाथि आगजनी भएको छ । हुलाकी सडक निर्माणमा प्रयोग भइरहेको बा २ ख ८९५४ नम्बरको स्काभेटरमाथि आगजनी भएको हो । गुजरा नगरपालिका–३ मा बिहीबार बिहान स्काभेटरमा आगजनी भएपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । लगत्तै घटनास्थल पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयले आगो निभाएका हुन् ।आगजनीबाट स्काभेटरका महत्त्वपूर्ण भाग जलेको र आगजनीमा संलग्नबारे अहिलेसम्म नखुलेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रवक्ता डीएसपी नवीन कार्कीले बताए । सडक श्रेष्ठ ढुकुछु सञ्जीवनी निर्माण कम्पनीले बनाउँदै आइरहेको थियो । यस अघि २०७६ साल बैशाख २० गतेका दिन रौतहट र सर्लाहीको सिमनामा पर्ने बाग्मति नदिमा व्यतिmगत स्काभेटरमा आगजनी भएको थियो भने त्यसलगतै बैशाख २६ गते रौतहटको गुजरा खतवैयामा स्काभेटरमा आगजनी भएको थियो । रमन, सगरमाथा , सगुनले सडक निर्माणको जिम्मा पाएको र निर्माणमा प्रयोग भएकोे अवस्थामा स्काभेटर आगजनी भएको जनाईएको छ ।पटक पटक निर्माणमा प्रयोग भएको उपकरणमा आगजनीको घटना भएपनि उतm घटनाका दोषिलाई पक्राउ नगरेकोमा निर्माण व्यवसायीले दुखेसो गरेका छन् । विभिन्न कारणले गर्दा कार्यस्थलमा काम गर्ने सहज बातावरण नहुँदा समस्या भएको निर्माण व्यवसायी संघ रौतहटका पुर्व अध्यक्ष नागेन्द्र साहले बताए । संरचना निर्माणको जिम्मा पाएपनि अज्ञात समुहले उपकरणमा आगजनी गर्ने तथा केहिले विभिन्न बाहनाले निर्माणको काममा अवरोध पुरयाउने लगायतका कार्यले गर्दा निर्माण व्यवसायी मारमा परेको उनले बताए । पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य प्रभु साहले निर्माण उपकरणमा क्षति पुरयाउने दोषिहरु अझै पक्राउ नपर्नु दुखद भएको बताए । विकास बिरोधी मानस्किता भएकाहरुले यस्ता किसिमको घटना गरेको उनको भनाई छ । विकास निर्माणका काममा अवरोध नगर्न र सहयोगी भुमिका निर्वाह गर्ने समेत उनले सवैमा आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *