९३ छाउगोठ भत्काईयो

विचार समाचार स्वास्थ्य

दैलेख, २४ पुस


दैलेख जिल्लामा ९३ वटा छाउगोठ भत्काईएको छ । सामाजिक कुसंस्कारको रुपमा रहेको छाउपडी प्रथा हटाउनको लागि छाउगोठ भत्काईएको हो । छाउपडी गोठ भत्काए पनि मनको छाउपडी गोठ नभत्किएको बुद्धिजिवी बताउँछन् । छाउपडी प्रथा बारेकै कारण दैलेखमा दुई जनाको मृत्यु भईसकेको छ । गएको सोमबार देखी छाउगोठ भत्काउने अभियानमा चामुण्डाविन्द्रासैनी नगरपालिका आठविस नगरपालिका,भैरवी र गुराँस गाउँपालिका,दुल्लु नगरपालिकामा गरि ९३ वटा छाउपडी गोठ भत्काईएको हो ।
जिल्लाका ११ वटै स्थानीय तहमा छाउपडी उन्मुलन सम्बन्धि अन्तरक्रिया र छलफल गरिएपछि मात्र छाउपडी गोठ भत्काईएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले बताए । छाउगोठ भत्काउन सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्री सहितको प्रहरी टोली गाउँमा खटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

छाउगोठ भत्काउन स्थानीय तहका जनप्रतिनीधि नागरिकहरुको सक्रिय छन् । तर, जिल्लाका अधिकाँश बस्तीहरुमा छुट्टै छाउगोठ नभई महिनावारी हुँदा चौपायासँगै गोठमा बस्ने गर्छन् । महिनावारी हुँदा गाईभैसी बाँधेकै ठाउँमा बस्ने महिलाको संख्या अत्याधिक रहेको छ ।छाउपडी नबार्न प्रहरीले गाउँ गाउँमा चेतना फैलाईएको प्रहरी नायब उपरिक्षक हरिबहादुर ओलीले बताए
‘महिलाहरु गाईभैसी गोठमा बस्ने गरेको जानकारीमा आएको छ,। ‘गाईभैसी गोठमा बसेको भेटिएमा फौजदारी अपराध संहिता अन्तरगर्त मुद्धा चलाउँछौ ।’ जसको घरमा छाउप्रथा प्रचलनमा रहेको पाइन्छ त्यस्तो घरको अभिभावक र छाउगोठ बस्ने महिलालाई समेत कानुनी कारवाहीको दायरामा ल्याईनेछ,उनले थपे ।
कुलदेवता चुनौती
नेपाल सरकारले कुरिती संस्कारमा रहेको छाउपडी गोठ भत्काउने अभियान थालेपनि छाउपडी बार्नेमा दैलेखका महिला देखिएका छन् । कुल देवता रिसाए,घरमा आगलागी र चौपायालाई विरामी बनाई दिने अन्धविश्वासले गर्दा छाउपडी गोठ भत्काएपनि मनको गोठ भत्काउन नसकेको स्थानीयबासीको बुझाई रहेको छ ।
देवीदेउतालाई जति खुशी बनायो,आफुलाई उति नै सुविधा हुने भएकाले कुलदेवतालाई रिसाउन काम गर्न नहुने महिलाको बुझाई रहेको यो चुनौति रुपमा उभिएको ठाटिकाँध– १ का नामबहादुर शाहीले बताए । उनले भने,आम गाउँका जनताले देवी देवताकै विश्वास गर्छन । कोही विरामी हुँदा धामी झाँक्री गरेर सञ्चो हुने विश्वास रहेको छ ।छाउपडी प्रथा अन्त्यका लागि गोठ होइन मनको छाउपडी गोठ भत्काउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *