काठमाडौं, २४ पुस
चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले स्नातक तहका विभिन्न १२ शैक्षिक कार्यक्रमको लागि शुल्क तोकेको छ।
आइओएमले एमबीबीएस र बीडीएसमा सरकारले निर्धारण गरेको आधारमा शुल्क निर्धारण गरेको छ। जसअनुसार एमबीबीएसका लागि उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ र उपत्यकाभित्र ४० लाख २३ हजार २ सय ५० तोकेको छ। त्यस्तै बीडीएसका लागि २० लाख १९ हजार ५ सय ८० रुपैयाँ, बीपीएच, बीएसस्सी, मेडिकल ल्याव टेक्नोलोजिष्ट, बी फार्मेसी र बीएस्सी एमआईटीको शुल्क ७ लाख २५ हजार ८ सय १८ तोकेको छ।
ब्याचलर इन आयुर्वेद मेडिसिन एण्ड सर्जरी बीएएमएसको १३ लाख ८८ हजार ८ सय, ब्याचलर इन नर्सिंग साइन्स (बिएनएस)को ५ लाख २५ हजार र बिएससी नर्सिंगका लागि ७ लाख ८२ हजार शुल्क तोकिएको छ।