चिकपाको २० औँ केन्द्रीय समिति गठन, महासचिव सी चिनफिङकै नेतृत्व

अन्तर्राष्ट्रिय राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

एजेन्सी, ६ कात्तिक

चिकपाको २० औँ केन्द्रीय समिति गठन

सात दिनसम्म चलेको चीनको सत्तारुढ पार्टी चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशन अक्टोबर २२ मा बिहान पेइचिङस्थित जनबृहत् सभाभवनमा सम्पन्न भएको छ ।

महाधिवेशनले वर्तमान महासचिव सी चिनफिङसहित २०५ सदस्यीय पार्टीको २० औँ केन्द्रीय समिति र केन्द्रीय अनुशासन निरीक्षण आयोग निर्वाचित गरेको छ । साथै महाधिवेशनले पार्टीको १९ औँ केन्द्रीय समितिको प्रतिवेदनसम्बन्धी निर्णय–प्रस्ताव, १९ औँ केन्द्रीय अनुशासन निरीक्षण आयोगको कार्य प्रतिवेदनसम्बन्धी निर्णय–प्रस्ताव र चिनियाँ कम्युनिस्ट पार्टीको विधान(संशोधित मस्यौदा) सम्बन्धी निर्णय–प्रस्ताव पनि पारित गरेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशन तथा केन्द्रीय समिति नै चिनियाँ कम्युनिस्ट पार्टीको सर्वोच्च नेतृत्वदायी अङ्ग हुन् । चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशन हरेक पाँच वर्षमा आयोजना हुने गर्छ ।

पत्रकारहरूसँग भेट गर्ने

चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ केन्द्रीय समितिको राजनीतिक ब्युरो स्थायी समितिका सदस्यहरूले अक्टोबर २३ मा मध्याह्न १२ बजे चिनियाँ तथा विदेशी पत्रकारहरूसँग पत्रकार सम्मेलनमा भेट गर्नुहुनेछ । त्यतिबेला चाइना मिडिया ग्रुपलगायतका चिनियाँ सञ्चारमाध्यमले रेडियो, टेलिभिजन, वेभसाइट, मोबाइललगायतका नयाँ मिडियाका फल्याटफर्ममार्फत प्रत्यक्ष प्रसारण गर्नेछन् ।

२० औँ महाधिवेशन सम्पन्न भएपछि सी चिनफिङद्वारा महत्वपूर्ण सम्बोधन

सी चिनफिङले सो अधिवेशनको अध्यक्षता गर्नुभएको हो । कार्यक्रममा सी चिनफिङले महत्वपूर्ण सम्बोधन गर्नुभएको छ । सम्बोधनमा उहाँले जोड दिँदै भन्नुभयो, “चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशनमा भएका निर्णय र हासिल भएका उपलब्धिले समाजवादी आधुनिकीकरण मुलुकको चौतर्फी निर्माण, चिनियाँ राष्ट्रको महान् पुनरूत्थानको चौतर्फी प्रवद्र्धन एवम् चिनियाँ विशेषतायुक्त समाजवादको नयाँ विजय हासिल गर्नको लागि अत्यन्त महत्वपूर्ण मार्गदर्शन गर्ने र प्रत्याभूति दिने भूमिका निर्वाह गर्नेछ भन्ने हाम्रो विश्वास छ ।”

सी चिनफिङले भन्नुभयो, “चिनियाँ कम्युनिस्ट पार्टीले एक शताब्दी लामो यात्रा गरेको र नयाँ परीक्षाको बाटोमा अघि बढ्दै जानेछ । पार्टीको केन्द्रीय समिति वरिपरि भेला भएर चिनियाँ विशेषतायुक्त समाजवादको महान् झन्डालाई उठाउँदै चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशनमा तय भएका लक्ष्य र कार्यहरू पूरा गर्न देशभरिका विभिन्न जातिका जनतालाई एकताबद्ध पारेर नेतृत्व गरी प्रयास गर्दै जानेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *